२० वर्षसम्मको खाँका कोर्दै तुलसीपुर

चैत ३१, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २० वर्षपछीसम्मको दीर्घकालिन रणनीतिक योजना वनाएको छ । तुलसीपुरलाई मुलुककै नमुना नगरका रुपमा विकास गर्नका लागि योजनावद्ध ढँगले अगाडी वढ्न योजना वनाइएको नगरप्रमुख घनश्याम पाण्डेले खवरशाखालाई वताए ।


नगरप्रमुख पाण्डेले अबको शहरलाई व्यवस्थित वनाउनका लागि योजनावद्ध ढँगले अगाडी वढ्नुपर्ने वताए । उनले आजका लागि सपना हुने कुरा भोलिका लागि वास्तविकता पनि हुन सक्ने भन्दै केही महत्वाकांक्षी देखिए पनि विकासको गति अहिलेकै ढँगले अगाडी वढे सम्भव हुने पनि बताए ।


दीर्घकालिन रणनीति र आवधिक योजना सार्वजनिक गर्ने तयारीमा रहेको उपमहानगरपालिकाले आज सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्न लागेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा विहान ११ वजे छलफल कार्यक्रमको आयोजना गरिएको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस