मुख्यमन्त्री पोख्रेलले भने : आसमभा हेर्न फागुन १ मा बुटवल आउनुस्

माघ २, २०७७

काठमाडौँ : नेकपा (ओली समूह)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आमसभा कस्तो हुन्छ हेर्न फागुन १ गते बुटवल आउन नेकपा (दाहाल- नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरेका छन् । 

बुधबार दिउँसो काठमाडौँमा पार्टीले आयोजना गरेको विरोध सभामा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केपीजी देख्नु भयो विरोध कस्तो हुन्छ, सभा कस्तो हुन्छ’ भनेका थिए । 
 
ओलीले २३ गतेको आमसभामा दाहाललाई प्रदर्शन कस्तो हुन्छ हेर्न भनेका थिए । त्यसको जवाफमा दाहालले दिएको अभिव्यक्ति सेलाउन नपाउँदै पोख्रेलले पत्रकारहरूलाई सम्बोधन गर्दै दाहाललाई जवाफ फर्काएका हुन् । उनले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन्, ‘देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई ।

प्रतिक्रिया दिनुहोस