रामप्रसाद चालिसेः ‘अनटेस्ट’ अध्यक्ष, जसले व्यवसाय पढे अनि व्यवसाय गरे

माघ २६, २०७७


बसन्त आचार्य

चुनावको मैदानमा उभिनु सानो कुरा होइन । तर सानो सानो कुरामा ख्याल गर्ने मात्रै सफल उम्मेदवार हुन्छ । माघले विदाई मागी नसक्दै तुलसीपुर घामले रापिलो भएको छ । घामको रापभन्दा पनि अचेल चुनावको राप झन गाढा छ ।

व्यवसायी र उद्योगीका लागि काम गर्ने संस्था तुलसीपुर उद्योग वाणिज्य संघ नयाँ नेतृत्व चयन गर्न आतुर छ । अनि केही व्यवसायी र उद्योगीहरु नेतृत्व लिन आतुर छन् ।

तुलसीपुरमै जन्मिएर यही व्यवसाय गरेका रामप्रसाद चालिसे चुनावी मैदानमा वामपन्थी नेतृत्वकोृ अग्रपंक्तिमा छन् । बरिष्ठ उपाध्यक्ष भएर एक कार्यकाल काम गरिसकेका चालिसेका लागि अध्यक्षको उम्मेदवार वन्नु एकमात्र विकल्प हो ।

जीवनमा सबैभन्दा पहिलो प्राथमिकता संस्थालाई दिने चालिसे व्यवसायीको हितका लागि आफुले गरेको कामलाई चुनावमा सबैले ‘नोटिस’ गर्नेमा विस्वस्त छन् । ‘व्यवसायीका समस्यालाई जहिल्यै पनि प्राथमिकता दिएको छुँ, मैले जित्नेमा कुनै समस्या छैन’ उनले भने ।


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा जन्मिएका चालिसेले कलेजमा कमर्श नै पढे । स्नातक तहसम्मको अध्ययन गरेका उनले विभिन्न कम्पनीहरुमा प्रमुख भएर लामो अनुभव समेत सम्हाले । ‘व्यवसायलाई निकै गहिरो ढँगले मैले वुझेको छुँ’ उनले भने । सानैबाट व्यवसायीक सोच भएका उनले जागिरे जीवन अन्त गर्दै २०६६ सालबाट व्यवसायमा हात हाले ।


विभिन्न कम्पनीमा काम गर्दाको सम्बन्ध उनको थियो नै । त्यही सम्बन्धका कारण उनले तुलसीपुरमा विभिन्न कम्पनीका डिलरहरु गरे । करिव १५ वटा भन्दा वढि कम्पनीको डिलर गरेका उनले. व्यवसायमा जहिल्यै सफलता हासिल गरे । नम्र र मिजासिलो स्वभावका चालिसे व्यवसायीहरुका बीचमा निकै लोकप्रिय समेत मानिन्छन् ।

संस्थागत विकास मात्रै होइन व्यवसायीलाई समस्या पर्दा पसलमै पुगेर सहयोग गर्ने उनको सहयोगी व्यवहार नै उनको जित्ने आधारका रुपमा रहेको छ । बरिष्ठ उपाध्यक्ष हुँदा उनले राजस्व कार्यालयको जिम्मा लिएका थिए । व्यवसायीहरुलाई राजस्व कार्यालयमा जोड्न र समस्या समाधान गर्नका उनको निकै अहम् भुमिका थियो । घरबेटी र व्यवसायी बीचका केयौ समस्या समाधानमा उनले सधै बलियो भुमिका खेले ।


के छ जित्ने आधार ?


चालिसेका जित्ने आधारहरु धेरै छन् । पहिलो कुरा उनी व्यवसाय पढेका, बुझेका र जानेका व्यक्ति हुन् । व्यवसाय गर्दा व्यवसायीका दुख र समस्याका बारेमा उनलाई सबै थाहा छ । सबैखालको व्यवसाय गरेका कारण उनको सबैसँग राम्रो व्यवसायीक सम्बन्ध छ ।

कुनै पनि व्यवसायीलाई समस्या प¥यो भने उनी समयमै समाधानका लागि त्यहाँ पुग्छन् । बामपन्थी मात्रै होइन काँग्रेस निकट धेरैको मत उनले पाउने आधार छ । ‘मैले सहयोग गर्ने बेलामा कहिल्यै पाटी हेरिन, सानो ठूलो हेरिन खुला मनले सहयोग गरे कसरी मलाई मत नदेलान् र’ उनी विश्वस्त छन् ।

अर्को कुरा उनी निर्वाचन उठ्नुमा उनको व्यक्तिगत भन्दा पनि व्यवसायिक दवाव धेरै रहेको देखिन्छ । उनका प्रतिद्वन्दी यो भन्दा पहिले पनि अध्यक्ष वनेर संस्था चलाइसकेका व्यक्ति हुन् । ‘व्यवसायीले जहिले पनि नयाँ नेतृत्व खोज्ने गर्दछन् ’ चालिसेले भने ।


के छन् चुनावी एजेण्डा ?


चालिसेसँग धेरै ठूला चुनावी एजेण्डा छैनन् । पुरा नहुने कुरा गरेर उनी भ्रम पनि छर्न चाहन्नन् । सानादेखि ठूला व्यवसायीका समस्या समाधानको पहलकदमी नै उनको मुख्य चुनावी एजेण्डा हो । तुलसीपुरमा व्यवसायीको पहिलो समस्या भनेको घरबेटीसँगको असमझदारी नै हो ।

अहिले पनि राम्रो व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु घरबेटीसँगको असमझदारीका कारण विचमै घर छाड्न वाध्य भएको देखिन्छ । उनी यसलाई समाधान गर्न चाहन्छन् ।


अर्को कुरा विभिन्न जिल्लाको ट्रान्जिटका रुपमा रहेको तुलसीपुर विमानस्थललाई विस्तार र स्तरोन्नती नै हो । व्यवसायीक सुरक्षाको ग्यारेन्टी उनको अर्को एजेण्डा रहेको छ । बजार क्षेत्र सम्साझै वन्द हुने प्रवृत्तिको अन्त्यका लागि उनले रात्री बजार सञ्चालनको योजना वानाएका छन् ।

तुलसीपुर ठूलो व्यवसायी केन्द्रका रुपमा विकसित भइसकेपनि यहाँ व्यवसाय प्रवद्र्धनका लागि बेला बेलामा प्रदर्शनी मेलाहरु सञ्चालन गर्नका लागि प्रदर्शनी केन्द्रहरु रहेका छैनन् ।

उनले स्थानीय, प्रदेश र संघको सहयोगमा कार्यकाल भित्रमा प्रदर्शनी कक्ष निर्माण गर्ने योजना वनाएका छन् । सामाजिक उत्तरदायित्व वहन गरिरहेको तुलसीपुर उद्योग वाणिज्य संघलाई सामाजिक कार्यमा पनि सक्रिय वनाउने उनको अर्को योजना छ ।


उनी कुनै पदमा रिपिट हुनुहुँदैन भन्नेका विस्वस्त छन् । ‘म यो पदका लागि आउटडेटेड होईन ’ चालिसेले भने । संस्थामा कुनै पनि पदमा बस्ने एकैपटक हो । ‘रिपिटेशन इज मिनिङ्गलेस’ उनले वुझेको कुरा हो ।

प्रतिक्रिया दिनुहोस