तुलसीपुरमा बन्ने भयो ‘टि टावर’

माघ १५, २०७७


तुलसीपुर । स्थानीय तहको सरकार वनेपछि विस्तारै पहिचान बलियो वनाउँदै गएको तुलसीपुरले फेरी अर्को पहिचान वनाउने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै उठाएको तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माणको काम अगाडी वढ्ने भएको छ । तुलसीपुरमा बहुउद्देश्यीय व्यापारीक कम्प्लेक्स वनाउने गरी नगर विकास कोषसँग सम्र्झौता भएको हो ।


नगरप्रमुख घनश्याम पाण्डे र नगर विकास कोषको बीचमा यो सम्झौता भएको हो । सम्झौता अनुसार २८ करोड लागतमा निर्माण हुने भवनका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने भएको छ भने बाँकी ३० प्रतिशत उपमहानगरपालिको व्यहोर्नु पर्नेछ ।

तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिनका लागि कम्प्लेक्सले महत्वपूर्ण भुमिका वहन गर्ने नगरप्रमुख पाण्डेले वताए ।


उपमहानगरपालिकादेखि उत्तरतिर पुरानो तरकारी बजारको खाली ठाउँलाई कम्प्लेक्सका लागि छनोट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस