मेयर कप सञ्चालनको तयारीमा छौं : नगरप्रमुख पाण्डे

माघ ११, २०७७

फाईल फाेटाे


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले खेलकुदको विकासका लागि हरेक वर्ष सञ्चालन गरिने मेयर कप यो वर्ष पनि सञ्चालन हुने वताएका छन् । स्थानीयस्तरमा खेलाडी उत्पादनका लागि सञ्चालन गरिने मेयर कपलाई अघिल्ला वर्षहरुमा भन्दा विशेष ढँगले सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

‘मेयर कप हाम्रो पहिचान हो कोरोना महामारीका कारण केही पछाडि धकेलिएको भएपनि सञ्चालन गर्नेछौ’ नगरप्रमुख पाण्डेले भने । उनले कार्यक्रम सञ्चालनका लागि युवा तथा खेलकुद समितिमा छलफल गरेर तत्काल अगाडी वढ्ने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस