तुलसीपुरमा नेकपाको वडा भेला जनताको दुखमा सरकार छ : नगरप्रमुख पाण्डे

माघ ११, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले दुखी गरीब जनताको पक्षमा सरकार रहेको वताए । नेकपाको सरकारले ३ वर्षका विचमा चामत्कारिक काम गरेको वताउँदै केहीले अत्तालिएर पाटीमा विखण्डन ल्याउने दुष्प्रयास गरेको समेत वताए । ‘केही साथीले बाटो विराउनुभएको छ अवश्य पनि ठाउँमा आउनुहुनेछ’ उनले भने ।


नेकपा तुलसीपुर वडा नम्बर ५ को वडा कमिटीले नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले स्थानीय सरकारको पहलमा वसपार्कको सुरक्षाका लागि प्रदेश सरकारले तटवन्ध गरेको समेत जानकारी दिए । लामो समयदेखि सम्बोधन हुन नसकेको सुकुम्बासीको समस्यालाई समाधान गर्नका लागि आफुहरु कटिवद्ध भएर लागेको उनको भनाई थियो । ‘असारसम्म सबैको हातहातमा लालपुर्जा हुन्छ’ पाण्डेले भने ।

वसपार्कमा रहेको खानेपानीको समस्या समाधानका लागि धारा वितरणको काम अगाडी वढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको समेत उनले जानकारी दिए ।


जग्गा सम्बन्धि सबै समस्या समाधान हुन्छ ः संयोजक वस्नेत

यसैबीच कार्यक्रममा बोल्दै भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम वस्नेतले जग्गा सम्बन्धि सबै समस्या समाधानका लागि आयोगले काम अगाडी वढाएको वताए । उनले ऐलानी जग्गामा बसेका, सुकुम्बासी लगायतका लागि आवेदन माग भइसकेको वताउँदै ३५ दिन भित्र फाराम भरिसक्न सबैलाई सुझाएका थिए । ‘यसपटक प्रविधिको प्रयोग गरिने भएकाले कसैले पनि ठग्ने र कसैले नपाउँने भन्ने नै हुँदैन’ वस्नेतले भने । उनले भुमिहीनसँग कुनै पनि शुल्न नलिएर लालपुर्जा वितरण गर्ने समेत जानकारी दिए ।


कार्यक्रममा नेकपाका नेता विनोद शर्मा, पदम पोख्रेल लगायतले बोलेको थिए । वडा कमिटी अध्यक्ष टिकाराम पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव गंगा ओलीले गरेकी थिइन् । सो अवसरमा वडा कमिटी र युवा कमिटी समेत गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस