सीप सिकेकालाई व्यवसायमा सहयोग गर्छाैः नगरप्रमुख पाण्डे

माघ ०८, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सीप सिकेकालाई व्यवसाय सञ्चालनमा सहयोग गर्ने वताएका छन् । उनले नागरिकहरुलाई आत्मनिर्भर वनाउनका लागि विभिन्न सीपमुलक तालिम सञ्चालन गरेको वताउँदै सीपलाई श्रमसँग जोडर लैजान आवश्यक भएको समेत वताए । ‘श्रमले नै हामीलाई समृद्ध वनाउँदछ , हामीले कहिल्यै पनि श्रम गर्नका लागि शर्म मान्नु हुँदैन’ उनले भने ।


तुलसीपुर बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको छोटो अवधिको तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले नागरिकको चाहना अनुसार विभिन्न खालका सीप सिकाउँने वताए । शिक्षालयले प्राविधिक शिक्षा तथा सीप विकास तालिम परिषद् सिटिइभिटीको सहयोगमा छोटो अवधिको विल्डिङ्ग इलेक्ट्रिसियन र मोबाइल रिपेयरिङ्ग तालिम सञ्चालन गरेको छ ।


तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले आमजनताको जीविकोपार्जनमा सहजता होस् भन्नका लागि तालिम सञ्चालन गरिएको वताए । ‘सबैलाई कुनै न कुनै सीप सिकाउँने हाम्रो उद्देश्य हो’ वडाध्यक्ष डाँगीले भने ।

वडा नम्बर १० का वडाध्यक्ष कुमार लामिछानेले उपमहानगरपालिका नागरिकलाई स्वरोजगार वनाउने अभियानमा लागेको वताए । शिक्षालयका प्रमुख वसन्त आचार्यले सबैखाले मानिसहरुलाई समेट्नका लागि विभिन्न तहका कार्यक्रम सञ्चालन गरिएको पनि वताए । ‘शिक्षालयमा जुन पनि विषयको तालिम लिन सकिन्छ भन्ने वनाउन हामी लागिरहेका छौ’ आचार्यले भने । प्रशिक्षार्थी खुमवहादुर डिसीले केही सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।


प्राविधिक शिक्षा तथा सीप विकास तालिम परिषद् लुम्बिनी प्रदेशको सहयोगमा तुलसीपुर बहुप्राविधीक शिक्षालयको आयोजनामा आजदेखि सुरु भएको तालीमको मोबाइल रिपेयर टेक्निसियन र जुनियर विल्डीङ इलेक्ट्रिसीयन तह १ सम्बन्धी आगामी वैशाख ६ गते समापन हुनेछ । तालिममा १९ वटै वडाका महिला तथा पुरुषको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रमको सहजीकरण तिला ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस