खानका लागि मात्रै गरिने खेती प्रणालीमा परिवर्तन गरौः नगरप्रमुख पाण्डे

माघ ०४, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले परम्परागत खेती प्रणालीमा परिवर्तन गर्नुपर्ने वताएका छन् । खानका लागि मात्रै गरिने खेती प्रणालीमा परिवर्तन नभएका कारणले किसानको जीवनस्तर वदलिन नसकेको उनको भनाई थियो ।

‘मौसम अनुसार मात्रै खेति गर्ने हाम्रो व्यवहारमा परिवर्तन आवश्यक छ ’ नगरप्रमुख पाण्डेले भने । किसानका लागि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजना ल्याएको भन्दै सबै किसानहरुलाई त्यसको लाभ लिनु अनुरोध समेत गरे ।


सिटिइभिटीको आर्थिक सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको बेमौसमी तरकारी खेति सम्वन्धि छोटो अवधिको तालिम उद्घाटन गर्दै उनले आधुनिक खेती प्रणालीको विकासमा सबै लाग्नुपर्ने वताए । ‘किसानहरुलाई सम्मान गर्ने संस्कारको पनि हामीले विकास गर्नुपर्ने देखिन्छ’ उनले भने ।


कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकालले कृषिबाट नै जीवनस्तर वदल्न सकिने वताए । ‘म पनि कृषक हुँ र यही क्षेत्रमा लागेर मैले आफ्नो जीवन परिवर्तन गरेको छँु’ अध्यक्ष ढकालले भने । कलेजका प्रमुख वसन्त आचार्यले कृषि क्षेत्रको विकासका लागि तालिम सञ्चालन गरिएको जानकारी दिए । ‘हामीले तालिमलाई प्रभावकारी वनाउनका लागि कुने पनि कमजोरी गर्नेछैनौ’ उनको भनाई थियो ।


कार्यक्रममा प्रशिक्षक कल्पना वली र सरस्वती सुवेदीले महत्वका बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको सहजिकरण तालिम संयोजक तिला ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस