तुलसीपुरमा सिसी क्यामेराबाट समातियो चोर

माघ ०२, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ पश्चिम रोडमा रहेको सुनिल स्टेशनरीमा बिहिवार राती चोरी भयो । बिहान पसल खोल्न आएका पसलमा सञ्चालकले पसलबाट पैसा चोरिएको थाहा पाएपछि प्रहरीलाई खवर गरे । प्रहरीले पसलमा राखेको सिसि क्यामेरामा चोर प्रष्ट नदेखिएपछि प्रहरीले विपि चोकमा रहेको सिसी क्यामेराको प्रयोग ग¥यो ।

क्यामेराबाट चोर पत्ता लाग्यो र सोधपुछ गर्दा पसलबाट चोरेको पैसा अरनिको मैदानमा लुकाइएको पाइयो ।
सिसी क्यामेराको मद्दतले घटना भएको केही घण्टामै प्रहरीले चोर र चोरी गरेको पैसा पत्ता लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंहले जानकारी दिए । तुलसीपुरलाई सुरक्षित नगरका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँमा २० वटा क्यामेरा जडान गरेको छ ।


उपमहानगरपालिका भित्र १ सय सिसि क्यामेरा जडान गर्ने गरी काम अगाडी वढेको नगरप्रमुख घनश्याम पाण्डेले भने । ‘अब अपराध रोक्ने र पत्ता लगाउने भनेको सिसी क्यामेराले नै हो त्यसकारण हामीले सिसी क्यामेरा जडानलाई महत्व दिएका हौ’ नगरप्रमुख पाण्डेले भने ।

उनका अनुसार तुलसीपुर उद्योग वाणिज्य संघ, बैक तथा वित्तिय संस्था लगायतकासँग सहकार्य गर्ने गरी उपमहानगरपालिकाले थप सिसी क्यामेरा जडानको कामलाई अगाडी वढाएको हो ।

प्रतिक्रिया दिनुहोस