नगरप्रमुख पाण्डेको माघी शुभकामना

खबरशाला संवाददाता  |  माघ ०१, २०७७


तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले माघी पर्वको साँस्कृतिक महत्व निकै रहेको उल्लेख गरेका छन् । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने यो पर्वले एकता, भ्रातृत्व र सहिष्णुताको भावना विकसित गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । “तुलसीपुर थारुजातिका लागि ऐतिहासिक नगर हो ।

थारुहरुका राजा दंगिशरणले राज्य गरेको ठाउँका रुपमा पनि यो निकै प्रख्यात रहेको छ । यस्ता पर्वहरुले विभिन्न जातजातिका धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने गर्दछन् ।” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


तुलसीपुर नगर सबै जातजाति र सम्प्रदायको साझा चौतारी भएको उल्लेख गर्दै समाजमा रहेको विविधताको रङ्गभित्र एकता लुकेको कुरा उनले उल्लेख गरेका छन् । “आआफ्नो साँस्कृतिक र धार्मिक मान्यता अनुृरुप एकापसमा भेट्ने र रमाइलो साटासाट गर्ने पर्वका रुपमा माघीको महत्व पछिल्लो दिनमा थप वलियो देखिन्छ । ” उनले उल्लेख गरेका छन् ।


उनले कोरोना महामारीको अवस्था अझै कायम रहेको हुँदा अनावश्यक भिडभाड र होहल्ला गर्ने काम नगर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस