तुलसीपुुरका १९ वटै वडामा नेकपा ओलीको वडा कमिटी

पुष २४, २०७७

फाइल फाेटाे


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नेकपाको नगर कमिटीले १९ वटै वडामा एकैदिन वडा कमिटी गठनको तयारी गरेको छ । नगर सचिव माधव वलीका अनुसार शनिवार सबै वडामा नयाँ कमिटी चयन हुनेछ ।

सबै भेलाहरुलाई केन्द्रिय सदस्यहरुले सम्बोधन गर्ने तयारी रहेको पनि सचिव वलीले वताए । कमिटी गठन र भेलाका लागि सबै तयारी पुरा भएको पनि उनले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका स्थानीय सरकारमा नेकपा ओलीका अधिकांश जनप्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस