तुलसीपुरलाई नमुना स्थानीय सरकार बनाउँदैछौ : प्रमुख पाण्डे

खबरशाला संवाददाता  |  पुष २३, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । सरोकारवालाका बीचमा रहेर उपमहानगरपालिकाले चार महिनामा गरेका महत्वपूर्ण कामहरुको चर्चा गरिएको हो ।

सूचना अधिकारी बाबुराम न्यौपानेले चौमासिक प्रगति समिक्षा राख्दै देशका विभिन्न पालिकाहरुलाई सिकाउने गरी नमुना गरेको जानकारी दिए ।
प्रगति समिक्षा राख्दै सूचना अधिकारी न्यौपानेले कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई स्यानीटरी प्याड वितरण, उपमहानरगरपालिका र चेन्जिङ्ग स्टोरीद्वारा सिकाइस्तर कमजोर भएका वालवालिकाको १० वटा विद्यालयमा सर्वेक्षणका कार्य भइरहेको, संघीय सरकारवाट प्राप्त वित्तिय अनुदान अन्तर्गत ३ वटा विद्यालयमा भवन निर्माण, ५ वटा विद्यालयमा सौचालय, ४ वटा विद्यालयमा पुस्तकालय र ३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र ३ वटा विद्यालमा सूचना प्रविधि जडानको कार्य अगाडी वढेको जानकारी दिए ।


उपमहानगरपालिकाले ४ महिनाका बीचमा घटना दर्ताको कामलाइ डिजीटलाईजेसन गर्नुका साथै कोभिड १९ वाट संक्रमित व्यक्तिहरुलाई स्वास्थ्य सामग्री वितरण, विपद्वाट प्रभावित २९ घरपरिवारलाई राहत वितरण, विपद सम्बन्धि सूचना, तथ्याङ्क र दस्तावेजहरु अद्यावधिक गर्न जानकारी गराइएको थियो ।


उपमहानगरपालिकामा कानुनी पुस्तक अध्ययन केन्द्र स्थापना , जग्गा नापजाँच ऐनको मस्यौदा तयार गरिएको, औद्योगिकग्रामको लागि जिपिएस प्रविधिवाट नक्साङ्कनको कार्य अगाडी बढाइएको कुरालाई जोड दिइएको थियो । डिजिटल भू–उपयोग नक्सा निर्माणका लागि आवश्यक पर्ने निर्माण विन्दु स्थापना गर्नका लागि १९ वटै वडामा आवश्यक प्रक्रिया अगाडी वढाइएको सबै वडा कार्यालयहरु, जनस्वास्थ्य प्रबद्धन महाशाखा तथा पशु सेवा शाखामा बिधुतिय हाजिरी प्रारम्भ गरिएको कुरालाई प्रगतिका रुपमा प्रस्तुत गरिएको थियो ।


सूचना अधिकारी न्यौपानले वेबसाइट तथा सिसि क्यामरा अद्यावधिक गर्नुका साथै कोशेली घरको स्थापना, २५९ वटा पशुलाई कृत्रिम गर्भाधान, २ हजार २ सय ७६ वटा पशुलाई स्वास्थ सेवा १ वटा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराएका थिए ।


कार्यक्रममा उपमहानगरपालिकाले अहिलेसम्म गरेका विभिन्न नमुना कामको पनि चर्चा गरिएको थियो । उपमहानगरपालिको गरेका ३२ नमुना काममा स्मार्ट नगरको परिकल्पना, नगरका सबै वडामा सडक यातायातको पहुँच र स्तरोन्नती , करिब ८० किलोमिटर सडक कालोपत्रे, बजारका २० स्थानमा सिसि क्यामरा जडान र ५ स्थानमा फ्रिवाईफाई, सेवा तरकारी, फलफुल तथा कृषि बजार केन्द्रको निर्माण तथा व्यवस्थापन, आधुनिक बसपार्क, नमुना अटो भिलेज, मेट्रो कलेज, सामुदायिक विद्यालयहरुको क्षमता विकास र अनुदान, खरको छानोमुक्त नगरको अभियान अन्तर्गत करिव ८ सय घर खरको छानोमुक्त भइसकेका र वाँकी ७ सय ५० घरका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको जानकारी दिइएको थियो ।


उपमहानगरपालिकाले गरेका नमुना काममा मातृशिशु सुरक्षा भत्ता, क्षेत्रगत गुरुयोजनाहरु निर्माण, आवधिक योजना तथा दीर्घकालिन, टरिगाउँ विमानस्थलको सञ्चालन, अन्तर्राष्ट्रिय स्तरको पाइलट कोर्सका ेअध्ययनको लागि सम्भावना अध्ययन, नगरलाई सून्य मोतीविन्दु वनाउने अभियानको सुरुवात जस्ता कामहरुको जानकारी गराईएको थियो ।


कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले स्मार्टप सिटीको अवधारणा अनुसार अगाडी वढिरहेको वताउँदै सबै पुरा हुने वताए । जनताले गरेको अपेक्षा पुरा गर्न आफुहरु प्रयत्नरत रहेको जानकारी दिए । उपप्रमुख माया शर्माले विभिन्न नमुना कामहरु सञ्चालन गरेको जानकारी गराइन् । कार्यक्रममा विभिन्न स्थानीयहरुले गुनासो समेत राखेका थिए । गुनासोको विभिन्न सरोकारवालाले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस