तुलसीपुरले ३ सय बढीलाई राेजगार दिदै

खबरशाला संवाददाता  |  पुष ०१, २०७७  |  १२८१ पटक पढिएको

तुलसीपुर । तुलसीपुरमा पहिलो चरणमा ३ सय बढीले रोजगार पाउने भएका छन् । उपमहानगरपालिकामा बेरोजगारमा सूचिकृत भएका २ हजार दुई सय ८१ जना मध्ये ३ सय २७ जनाले पहिलो चरणमा एक सय दिनको रोजगारी पाउने भएका हुन् ।


रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) बाट एक सय जनालाई रोजगारी दिन ५१ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २२७ जनााई एक करोड,१७ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ । रोजगारमा लाग्नेलाई दैनिक ५ सय १७ रुपैयाँ ज्याला दिइने छ ।

पहिलो चरणमा रोजगार पाउनेमा तुलसीपुर उपमहानगरपालिका–१ नम्बर वडाबाट १६, २ बाट १३, ३ बाट २९, ४ बाट १०, ५ बाट ६, ६ बाट १८, ७ बाट ११, १०बाट १४, ११ बाट ४५, १२ बाट ११, १३ बाट १०३, १४बाट १, १५ बाट १० , १६ बाट ४, १७ बाट ७ ,१८ बाट ७ र १९ नम्बर वडाबाट २२ जना रहेका छन् । उपमहानगरपालिकाका ८ नम्बर र ९ नम्बर वडा रोजगारीको सूचिमा सुन्यमा परेको छ ।

तुलसीपुरमा बेरोजगारमा सूचिकृतका लागि साउन ८ गतेदेखि भदौ ७ गतेसम्म म्याद राखेर सूचना जारि गरिएको थियो । बेरोजगार छनौटका लागि ८ वटा मापदण्ड बनाएर रोजगार व्यवस्थापन सूचना प्रणालीद्धारा स्वचालित विधिबाट छनौट गरिको हाे ।

पहिलो चरणमा परकोले एक सय दिन काम गरीसकेपछि अन्य बेरोजगारलाई नम्बरका आधारमा पुनः एक सय दिनको रोजगारी दिइने छ । यद्यपी अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकामा काम पाउनेको सूचिमा परे पनि काम भने सुरु भएको छैन् ।

प्रतिक्रिया दिनुहोस