मेट्रो कलेजलाई कोरोना सुरक्षा सामग्री हस्तान्तरण

खबरशाला संवाददाता  |  मङि्सर १८, २०७७


तुलसीपुर । तुलसीपुरमा रहेको मेट्रो कलेजलाई कोरोना जोखिम न्युनिकरणका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कलेज प्रमुख वसन्त आचार्यलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिका र नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरले उक्त सामग्री सहयोग गरेका हुन् ।

विद्यार्थीहरुमा कोरोना संक्रमण जोखिम न्युनीकरणका लागि भनेर ह्यान्ड फ्रि हात धुने ट्यांकी, डस्टविन र कोरोना सम्बन्धि सचेतना व्यानर हस्तान्तरण गरिएको छ ।


कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले विद्यार्थीहरुमा जोखिम नहोस् भन्नका लागि सहयोग गरिएको वताए । उनले कोरोनाको जोखिम न्युनिकरणका लागि सचेतना नै मुख्य अस्त्र भएको कुरामा जोड दिए । सो अवसरमा बोल्दै विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछानेले विद्यालयमा भिडभाड हुने भएकाले पूर्व सतर्कताका लागि सहयोग गरिएको वताए ।

कलेज प्रमुख वसन्त आचार्यले कलेजको आवश्यकतालाई बोध गरेर सहयोग गरेकामा धन्यवाद दिए ।


कार्यक्रममा नगरप्रवक्ता सुर्यवहादुर डाँगी, वडा नम्वर ११ का वडाध्यक्ष चित्रवहादुर वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस