नगर पहिचानको लोगो बनाउँदै तुलसीपुर

खबरशाला संवाददाता  |  मङि्सर १५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले नगर पहिचानको लोगो वनाउने भएको छ । उपमहानगरपालिका भित्रका विभिन्न कुराहरु समेटेर पहिचानका रुपमा यस्तो लोगो वनाउन लागिएको हो । लोगो वनाउनका लागि उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

उपमहानगरपालिको पहिचान झल्कने गरेर लोगो बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको छ ।

उत्कृष्ट लोगो वनाउनेलाई २० हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । लोगो छनोटका लागि समिति समेत वनाइएको छ ।

प्रतिक्रिया दिनुहोस