दाङमा नदीजन्य पदार्थ उत्खन्न र संकलनमा रोक

खबरशाला संवाददाता  |  मङि्सर ०८, २०७७

तुलसीपुर । दाङमा नदीजन्य पदार्थको उत्खनन्, उपभोग तथ विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंसिर आइतवारदेखि लागु हुने गरि जिल्लामा नदीजन्य पदार्थको उत्खनन् तथा संकलनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत अमरराज आचार्यले एक विज्ञप्ति जारी गर्दै जिल्लामा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनका सम्वन्धमा गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको परिपत्र अनुसार जिल्लामा गठित अनुगमन कार्यदलबाट अनुगमन एव मौज्दात नामजाच कार्य भैरहेकोले बन्द गरिएको जानकारी दिएका छन् ।

साथै बिज्ञप्तिमा अर्काे निर्णय नहुँदासम्म जिल्लाका कुनै पनि नदि वा खानीबाट ढुङगा, गिट्टी र बालुवा उत्खन्न तथा संकलन गर्न नपाइने समेत जनाइएको छ । विज्ञप्तिमाफर्त उद्योगहरुमा मौज्दात रहेको गिट्टी,ढुङगा, र बालुवा बढीमा एक महिनाभित्र अनिवार्य रुपमा उठाई सक्ने समेत निर्देशन दिएको छ ।

अवैध क्रसरहरुको नाममा जिल्लामा नदि तथा खोलाहरुबाट नदिजन्य बस्तुको दोहर भैरहेको भन्ने जनस्तरबाट गुनासो बढेपछि कार्यदलले केही दिन पहिले जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग तथा बालुवा वासिङ उद्योगहरुको अनुगमन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस