चलचित्रकर्मी रम्बा वलीकाे निधन

खबरशाला संवाददाता  |  मङि्सर ०५, २०७७


तुलसीपुर । चलचित्रकर्मी रम्बा वलीको शुक्रवार निधन भएको छ । तुलसीपुर ५ निवासी वलीको शुक्रवार काठमाडौमा उपचारकै क्रममा निधन भएको हो । उनी लामो समयदेखी जन्डिसको विरामी रहेका थिए । स्वास्थ्यमा समस्या जटिल बन्दै गएपछि उनलाई केहि समय अघि उपचारका लागि भारतको लखनउ लगीएको थियो ।


तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौ लगीएको थियो । उनको काठमाडौमै उपचारकै क्रममा निधन भएको उनी निकटका आफन्तीले बताएका छन् । वलीले तत्कालिन राप्ती सार्वजनिक यातायात व्यवसायी समितिमा लामो समय कर्मचारीको रुपमा काम गरेका थिए भने मालिका कालिका यातायात प्रालि तुलसीपुरका अध्यक्ष समेत भएर काम गरेका थिए ।


साथै उनी चलचित्रकर्मीका रुपमा पनि परिचित रहेका थिए । दाङमै निर्मित चलचित्र “एकता” बाट अभिनय यात्रा सुरु गरेका वलीले बहुचर्चित चलचित्र “बुवाआमा” लगाएत “चन्द्रसुर्य”, “बिर” चलचित्र निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस