विदेशबाट आउनेका लागि मनोसामाजिक परामर्श आवश्यक

खबरशाला संवाददाता  |  कार्तिक २३, २०७७


तुलसीपुर । कोरोना महामारीका कारण विदेशबाट घर फर्कनेहरुका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको वक्ताहरुले वताएका छन् । समाजमा विदेशबाट फर्किएकाहरुको उचित व्यवस्थापन नहुँदा विभिन्न समस्या निम्तिएको वताउँदै घरघरमा पुगेर परामर्श गर्नुपर्नेमा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।


समाजमा वातावरणीय शिक्षाको विकास सिडको आयोजनामा आप्रवासी तथा तिनका परिवारका लागि मनोसामाजिक सहयोग तालिममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले समाजमा उचित मनोसामाजिक परामर्श हुन नसक्दा परिवारमा विखण्डनमा आएको वताए ।

‘कोरोनाबाट रोगले भन्दा पनि डरले गर्दा धेरैको मनोबल खस्केको छ ’ नगरप्रमुख पाण्डेले भने । उनले कोरोनाबाट जोगिने वलियो अस्त्र भनेको मानसिक उपचार नै भएको कुरामा जोड दिए ।


संस्थामा आवद्ध सामाजिक परिचालक र सहजकर्ताका लागि आयोजना गरिएको तालिममा मनोसामाजिक समस्यामा परेकाहरुको पहिचान र परामर्शका बारेमा प्रशिक्षक राधा पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


संस्थाका पूर्व अध्यक्ष भागिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अध्यक्ष राममोति चौधरीका अध्यक्षतामा भएको थियो । २ दिनसम्म चल्ने तालिमको सहजिकरण संस्थाका कार्यक्रम अधिकृत माधव चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस