२४ घण्टामा काेराेनाबाट तुलसीपुरमा ३ काे ज्यान गयाे

खबरशाला संवाददाता  |  कार्तिक २२, २०७७  |  ८१६ पटक पढिएको

तुलसीपुर । काेराेना संक्रमणबाट २४ घण्टामा तुलसीपुरका ३ जनाकाे ज्यान गएकाे छ । यसरी ज्यान जानेमा वडा नं.१० दाङ निवासी २० वर्षकी महिला, वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुष र वडा नम्बर १७ निवासी ५९ वर्षका पुरुष रहेका छन् ।

वडा नम्बर १० की महिलाकाे शुक्रबार दिउँसाे ३‍ : २० वडा नम्बर ५ निवासी पुरुषकाे साँझ ५ : २० र वडा नम्बर १७ निवासी पुरुषकाे शनिवार बिहान ज्यान गएकाे हाे ।

प्रतिक्रिया दिनुहोस