सजिलोसँग न्याय पाइन्छ भन्ने विश्वास वढेको छ : उपप्रमुख शर्मा

खवरशाला संवाददाता  |  कार्तिक २०, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा रहेका म्याद तामेलदारहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । न्यायप्रवाहलाई सहज र प्रभावकारी वनाउनका लागि यस्तो तालिमको आयोजना गरिएको हो । उपमहानगरपालिका भित्रका २५ जना म्याद तामेलदारहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम भएको हो ।


कार्यक्रममा बोल्दै उपप्रमुख एवम् न्यायिक समिति संयोजक माया शर्माले प्रभावकारी ढँगले न्याय निरुपणका लागि उपमहानगरपालिकाले भुमिका खेलेको वताइन् । न्यायिक समितिले न्याय दिन्छ भन्ने विश्वास जनतामा वढ्दै गएको समेत उनको भनाई थियो । ‘सजिलोसँग न्याय पाउन सकिन्छ भन्ने कुरामा जनता विश्वस्त भएका छन् ’ उपप्रमुख शर्माको भनिन् ।


कार्यक्रममा न्यायिक समिति सदस्य जानका रेग्मी र यमुना परियारले अन्यायमा परेकाहरुलाई सजिलोसँग न्याय दिलाउनका लागि समितिले काम गरेको कुरामा जोड दिइन् । कानुन अधिकृत आँचल बगालेले सञ्चालन गरेको कार्यक्रममा अधिकृत भिमप्रकाश खत्रीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस