सारङ्गीकाे धुनले चलाएको जिन्दगी
तुलसीपुर । नाम लाल बहादुर गन्धर्व । उमेरले झन्डै सहत्तरी बर्ष पुग्नै आटे । कपाल र दारीजुँगा पनि सेतै फुलिसके ।तर पनि उनले सारीङगी बजाउने पेशा अझै छोडेका छैनन् ।६७ बर्ष पुगेका उनी अहिले पनि घरखर्च जोहो गर्न सारङगी र झोला बोकेर बजार तथा गाउँ गाउँ सम्म हिड्ने गरेका छन् ।
उतिबेला पढाईलेखाई नहुदा सानै उमेरदेखी सारङगी बजाउन सुरु गरेको उनी बताउँछन् । पुर्खाले गदै आएको पेशा भएकाले उनलाई यो सिप सिक्न कुनै कठिन भएन । सीप सिकेपछि यसरी नै सारङगी बजाउदै आफनो दैनिकी चलाउदै आएको उनको भनाई छ ।सल्यानको बयलडाँडाँमा जन्मिएका उनले आफनै जिल्लामा केहि वर्ष सारङगी बजाएरै दैनिकी गुजारा चलाउदै आए ।
तर यो पेशा गरेर त्यहा दैनिकी चलाउन धौ धौ भएपछि जन्मस्थल छाडेर काठमाडौ पुगेको उनी बताउँछन् । यो पेशाकै दौडान्मा काठमाडौ हुदै पुर्व क्षेत्र रामेछाम, खोटाङ,पश्चिम क्षेत्र अछाम, रोल्पा थवाङ, भारतको सिमला सम्म पुगेको उनको भनाई छ ।
हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ११ मज्गै स्थित नयाँबस्तीमा बस्दै आएका छन् । दाङ आएर पनि उनले यो पेशालाई निरन्तरता दिदै आएका छन् ।
खेती गर्ने प्रसस्त जमिन जग्गा नभएपछि आफुले बाल्यकाल देखी नै सारङगी बजाउदै घरखर्च चलाउदै आएको उनले बताएका छन् । बुढेसकाल लागीसकेपनि घर खर्च चलाउनका लागी यो पेशा अहिले निरन्तर गदै आएको उनले बताएका छन् ।
यो उमेरमा पनि यसरी सारङगी बजाउदै हिड्नु रहर नभई आफनो बाध्यता भएको उनको भनाई छ । घरमा खान लगाउन पुग्ने भए यसरी घरघरमा हिड्न कसलाई रहर हुन्छ उनले भने साँझ विहानको छाक टार्न यो उमेरमा पनि सारङगी बोकेर हिड्नु परेको छ ।
सन्तानका रुपमा दुई छोरी भएपनि उनीहरुको विवाह भईसकेको बताउदै उनले अहिले घरमा आफु र श्रीमती रहेको बताएका छन् । एउटा झुपडीमा बस्दै आएका थियौँ उनले भने अहिले सरकारले जनता आवास कार्यक्रम मार्फत घर बनाईदिएको छ ।
प्रतिक्रिया दिनुहोस