देशभर २९६ जना कोरोना संक्रमित आईसीयुमा, ६९ जना भेन्टिलेटरमा

खबरशाला संवाददाता  |  कार्तिक १५, २०७७

तुलसीपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म देशभर २९६ जना कोरोना संक्रमितको आईसीयुमा र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा १२, बागमतीमा १८४, गण्डकीमा १५, लुम्बिनीमा ४५, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।

यस्तै प्रदेश १ मा ९, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ३ र लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यसअघि शुक्रबारसम्म देशभर ३०० जना कोरोना संक्रमितको आईसीयुमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस