सांसदको सुधारिएको लोगो तयार

खबरशाला संवाददाता  |  कार्तिक १३, २०७७

तुलसीपुर । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ ।

संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।

नयाँ लोगो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो उसैले व्यहोरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् ।

अन्य सांसदहरुलाइ पनि नयाँ लोगो वितरण शुरु भैसकेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस