शनिबार २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

खबरशाला संवाददाता  |  कार्तिक ०८, २०७७

नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा १ हजार ४ सय ४६ पुरुष र ७ सय ७९ महिला रहेका छन् । आज उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । 

त्यस्तै, गत २४ घण्टामा २ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।

आज देशभर १३ हजार ८ सय ४६ जनाको पीसीआर गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शनिबार १३ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस