स्वास्थ्य मापदण्ड पालना गराै: जिप्रका दाङ

खबरशाला संवाददाता  |  कार्तिक ०६, २०७७

तुलसीपुर ।  जिल्ला प्रशासन कार्यालय दाङले चाडपर्व मनाउदा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आम आगरिकमा अपिल गरेको छ । कोरोना माहामारीको समय भएकाले यस वर्ष चाडपर्व मनाउदा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सवैमा आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विहिवार एक सुचना जारी गदै यस्तो आग्रह गरेका छन् । उनले कोरोना भाईरसबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु गराउनु सवैको दायित्व भएको बताएका छन् । चाडपर्वको समयमा भिडभाड र आवतजावतकै कारण कोरोना झनै बढ्न सक्ने जोखिम भएकाले यस प्रति ध्यान दिन उनले सवैमा आग्रह गरेका छन् ।

त्यसकारण व्यक्तिगत तथा सामुहिक भेटघाट, जमघट नगरी सचेतना अपनाउदै जहाँको त्यहि ठाउँमा चाडपर्व मनाउनुको साथै मठमन्दिरमा नजान, देउसी भैलो नखेल्न,नखेलाउन उनले आग्रह गरेका छन् । साथै उनले दशै, तिहार, नेपाल सम्वत र छठ पर्व लगाएतका चाडपर्वको उपलक्ष्यमा दाङवासीमा शुभकामना व्यक्त समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस