तुलसीपुर उपमहानगरका प्रवक्ता र कर्मचारीमा कोरोना संक्रमण , तीन वटा शाखा बन्द

खबरशाला संवाददाता  |  असोज ३०, २०७७


तुलसीपुर, ३० असोज । तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखीएपछि कार्यालयका तिन वटा शाखा बन्द गर्ने निर्णय गरिएको छ । शुक्रवार कार्यवाहक नगर प्रमुख माया शर्मा आचार्यको अध्यक्षतामा बसेको उपमहानगरपालिकाको बैठकले यस्तो निर्णय गरको हो ।

बैठकले उपमहानगरको सुचना शाखा, प्रशासन शाखा र खरिद शाखा अर्को निर्णय नभएसम्मका लागी बन्द गर्ने निर्णय गरेको विपद व्यवस्थापन समितिका शाखा प्रमुख भिम बहादुर खत्रीले जानकारी दिएका छन् । विहिवार प्रशासन प्रमुख र विहिवार सुचना अधिकारीलाई कोरोना पुष्टि भएको थियो ।

यसअघि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख सहित स्वकिय सचिवलाई समेत कोरोना पुष्टि भएकाले विहिवार सम्म उपमहानगरपालिकालाई सिल गरिएको थियो ।


उनका अनुसार ती शाखाबाट अतिआबश्यक बाहेक अन्य सवै सेवा बन्द हुनेछ । साथै कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गदै उमहानगरपालिकाले आवश्यकताको आधारमा विद्यार्थी सिकाई सहजीकरणलाई समेत स्थगित गर्ने जनाएको छ ।

बैठकले पठनपाठन भईरहेका बिद्यालयहरुमा कोरोना जोखिम बढेमा सम्वन्धित विद्यालय व्यवस्थापन समितिले बैठक बसेर पढाई स्थगित गर्न सकिने गरी निर्णय गरेको उनले जानकारी दिएका छन् । यो नियम आगामी कात्तिक १५ गते सम्म लागु हुनेछ ।

वैठकले नजिकिदै गरेको दशै, तिहार र छर्ट पर्वहरु कोरोना सावधानी अपनाउदै मनाउन अपिल गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस