केही दिनमै जनताको साथमा फर्कन्छु: नगर प्रमुख पाण्डे

खबरशाला संवाददाता  |  असोज ३०, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनताका बिचमा तत्काल फर्कने वताएका छन् । काेराेना संक्रमण भएपछी घरमै हाेमआईसाेलेसन बस्दै आएका उनले विश्व स्वास्थ्य संंगठन र नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर जनताको काममा फर्कने वताएका छन् ।

खबरशालासँग कुरा गर्दै नगरप्रमुख पाण्डेले केही दिन कष्ठप्रद रहेको भएपनि विस्तारै स्वास्थ्य अवस्था सुधारिदै गएको वताए । ‘हामीले सोचजस्तो कोरोना संक्रमणको भोगाई सहज छैन, सबैलाई सचेत रहन आग्रह गर्दछु’ उनले भने । संक्रमणको अवधिमा आत्मबल वढाउनका लागि निरन्तर साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस