काेराेना संक्रमणले दाङका ४ सरकारी कार्यालय बन्द

खबरशाला संवाददाता  |  असोज २६, २०७७

कार्यालयका कर्मचारी र जनप्रतिनिधिमा कोरोना भाइरसका संक्रमण देखिएपछि दाङका ४ वटा सरकारी कार्यालयहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकाको वडा नम्बर ६ को कार्यालय निश्चित दिनका लागि बन्द भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका एक जना कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएपछि ३० गतेसम्म बन्द भएको छ । त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखलाई कोरोना संक्रमण भएपछि २० गते देखी बन्द कार्यालय आज देखी खुल्दै छ । त्यसैगरी, नापि कार्यालयका एक जना अमिनलाई संक्रमण भएपछि आईतबारदेखी कार्यालय बन्द गरिएको छ ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डे सहित उनका स्वकिय सचिवलाई कोरोना भएपछि २२ गते देखि २९ गतेसम्म कार्यालय बन्द भएको छ । त्यसैगरी, ववई गाउँपालिकाको वडा नम्बर ६ मा पनि नागरिकहरुमा कोरोना देखिएपछि वडा कार्यालय २४ गते देखी ३० गते सम्म बन्द गरिएको छ । यता दाङ देउखुरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण समुदाय र संस्थागत स्तरमा फैलिदै गएको छ । सबै क्षेत्रमा खुल्ला र भिडभाड हुदा पनि संक्रमण रोक्नलाई निकै चुनौती देखिएको छ ।।

प्रतिक्रिया दिनुहोस