तुलसीपुरमा लगातार संक्रमित थपिदै, संक्रमित संख्या ३०८ पुग्याे

खबरशाला संवाददाता  |  असोज २४, २०७७

तुलसीपुर । तुलसीपुरमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्नो केहि दिन यता तुलसीपुरमा लगातार कोरोना संक्रमित थपिएका छन् । विहिवार २१ जनामा कोरोना पुष्टि भएका थियो भने शुक्रवार मात्रै १४ जनामा कोरोना पुष्टि भएको थियो । यस्तैगरी शनिवार फेरी तुलसीपुरका ६ जनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट दिईएको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक महिला र पाँच पुरुष रहेका छन् । जसमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का २३ र ३१ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तैगरी वडा नम्वर ६ का ५० बर्षिया एक महिला, वडा नम्वर ७ का २३ बर्षका एक पुरुष, वडा नम्वर १७ का ४२ बर्षका पुरुष, वडा नम्वर १८ का २८ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो संगै तुलसीपुरमा संक्रमण पुष्टि हुनेको संख्या ३०८ पुगेको फोकल पर्सन केसीले जानकारी दिएका छन् । जसमा २०८ जना निको भई घर फर्केका छन् भने अन्य ९० जनाको उपचार भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस