शनिवार दाङमा थपिए ९३ जना कोरोना संक्रमित

खबरशाला संवाददाता  |  असोज २४, २०७७

दाङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको संक्रमण बिबरणमा दाङका ९३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

ति मध्य ६९ जना पुरुष र २४ जना महिला रहेका मन्त्रालयले जनाएको छ । आज थपिएका ९३ जना सहित दाङमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ११ पुगेको छ ।

ति मध्य एक हजार एक सय २३ जना कोरोना मुक्त भएका छन् । दाङमा अहिले ३ सय ८५ जना सक्रिय संक्रमित रहेको र ति मध्य ५ सय ५२ जना घरमै बसेका छन् ।

यता जनस्वास्थ्य कार्यालयले भने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले शनिबार गरेको स्वाब जाँचमा २६ जनामा कोरोना पोजेटिभ देखिएको बिबरण स्वास्थ्य कार्यालयमा पठाएको छ ।

कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार २६ जना मध्य घोराही उपमहानगरका १५, तुलसीपुर उपमहानगरका ७, लमही नगरपालिका, गढवा, बबई र बंगलाचुली गाउँपालिकाका एक एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले शनिबार ८६ जनाको स्वाब जाँच गरेको छ । बाहिरी जिल्लामा काम तथा अबसरका लागि जानेहरुले अहिले पिसिआर जाँच गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस