राष्ट्रिय कविता प्रतियाेगिताकाे राशि बढ्यो

खबरशाला संवाददाता  |  असोज २४, २०७७

नेपाल प्रज्ञा–प्रतिष्ठानले असार ९ मा वितरण गर्ने घोषणा गरी स्थगन गरेको कविता महोत्सव तथा पुरस्कार वितरण आउँदो मंसिरमा गर्ने भएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण पुरस्कार वितरण तथा महोत्सव आयोजन गर्न संभव नभएपछि प्रतिष्ठानले सूचना प्रकाशित गरेर स्थगित गरेको थियो ।

मङ्सिरको चौथो सातामा भने भौतिक दूरी कायम गरी सम्पन्न गर्ने गरी प्रज्ञा भवन, कमलादीमै आयोजना गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।सान्दर्भिक पोस्ट

असार ९ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस हो । प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि हरेक वर्षको असार ९ गते प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । यसअगि २०७२ सालमा महाभूकम्प जाँदा पनि कविता महोत्सव स्थगित भएको थियो ।

प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायका अनुसार अब कविता महोत्सवमा प्रथमलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ । यसअगि नगद पुरस्कारको राशि ३०, २५ र २० हजार रूपैयाँ रहेको थियो 

प्रतिक्रिया दिनुहोस