प्रकाश काेईरालाकाे प्रपञ्च पढेपछी

रामबहादुर जिसी  |  असोज २४, २०७७

साहित्य स्वभाबिक रुपमा लयात्मक,कलात्मक र बिचारधारात्मक हुनुपर्छ।यहि समाज वरिपरिका भोगाइ,कथा र यथार्थको प्रतिबिम्बलाइनै एक कुशल रचनाकार,कल्पनाकार र साहित्यकारले आफ्नो मस्तिष्क मन्थन गर्दै,दुनियाँलाई सुसूचित र जानकारी दिने कोशिस गर्दछ।यदि त्यहाँ अभिव्यक्त बोली धरातलिय यथार्थ,तथ्य,सत्यको नजिक,नढांटी,नलुकाइ सामाजिक मनोबिज्ञानलाई ख्याल राख्दै लेखिएका बोलिएका छन् ,समाजको यथास्थितिलाई चिर्न र घच्घच्याउन सक्षम छ भने त्यसले पाठक तथा स्रोताको मन छुन्छ।समाजलाई एक किसिमले दिशानिर्देश गर्दछ।त्यस्तो साहित्य जनजन मनमनमा लामो समय सम्म बांचिरहन्छ।यदि त्यसको उल्टो भयो भने क्षणिक हाइहाइमा फुस्स हुन्छ।त्यो मरे बांचेको कसैलाई थाहै हुँदैन।


   फेरि पनि कला,साहित्य,संगीत र दर्शनले चाहदा नचाहदै बर्ग पक्षधरताको वकालत गर्दछ।त्यसले आफू अनुकूल सामाजिक सत्ता र चेतनाको वकालत गर्दछ।साहित्य रचनामा कल्पना,भावनाको उडान भैरहदा त्यहाँ बिचार,उद्देश्य र सन्देश प्रवाह हुन सकेन भने त्यस साहित्यको असमयमै र अकाल मृत्युबरण हुनेमा कुनै शंका छैन।प्रस्तुत प्रपंच पुस्तकका लेखक प्रकाश कोइरालाले आफू हुर्किखेलेको समाज,परिवेश,उमेरबयको अबस्था,संस्कार र तत्कालीन चेतना अनुसार आफ्नो प्रतिभा र सिर्जनाको माध्यमद्वारा यो पुस्तक बजार र पाठक सम्म ल्याइ पुर्याएका छन् ।

पुस्तक बिमोचनको क्रममा उनले भनेझैं शुरुमा  आफ्नो प्रतिभालाई स्रोता र पाठक समक्ष ल्याउने उत्कट चाहानालाई प्रकाशक र सम्पादक कहाँ धाउंदा र भिख माग्ने कोशिस गर्दा उनको स्वाभिमानी चेत प्रती अनादर,अपमान ब्यहोर्नुपरेको किस्सा सुनाएका थिए।यसैक्रममा बिएन पुस्तकका प्रकाशक संपादक सुर्य बि.सी.जस्तो साहित्यको मर्म र स्रष्टालाई बुझ्ने ब्यक्ति फेला परेकोले यो पुस्तक बजार र पाठक समक्ष आउन सफल रहयो।


   पुस्तकमा मूख्य नायक म पात्र उर्फ पुन्यप्रसाद रहेको छ।रामेछाप जिल्लाको भु स्वर्ग गाउंमा जन्मी हुर्की महोत्तरीको बर्दिबासमा बसाइँसराइ गरेको वा त्यहाँ जानू परेकोमा उसका आफ्नै कथा ब्यथा छन्।पुन्यप्रसादले गौरी,अंजली,किरण,निलिमा,चन्द्रकला जस्ता महिला साथीहरू संग सम्बन्ध बढाएको देखिन्छ।उनीहरु संग के कसरी सम्बन्ध विकसित हुन पुग्यो?प्रेमालाप,बैबाहिक सम्बन्धका उतारचढाव,पारिवारिक झमेला र उल्झनहरु के कस्ता रहे?

आफू ले भोगेका र जीवनमा आइपरेका किस्सा अनुभवहरुलाइ भरखरै दाम्पत्य जीवनमा बांधिएका उसका छोराबुहारीको सामुन्ने पुन्यप्रसादले पस्किएका,बकेका र पोखेका सन्दर्भ सामाग्री र ब्यहोरानै पुस्तकको सम्पूर्ण बोली रहन गएको छ।यसरी पुन्यप्रसादले आफ्नो जीवनमा आइपरेका भोगेका घटना प्रसङ्ग सुनाइरहदा दर्शक र स्रोताको भूमिका निर्वाह गरिरहेका छोराबुहारीहरु उसलाई झनै दिलै देखि आदर संमान गरेका छन्।एक अशल अभिभावकको दायित्वबोधबाट नचुकेको रुपमा लिएका छन्।पुस्तक पढिरहेको पाठकको मनमा प्रश्न आउँछ र तर्क गर्न पनि सकिएला कि-एक बाबुले के आफ्नो जीवनमा भोगेका प्रेम प्रसङ्ग स्त्रीहरु संगका सर सम्बन्ध,गमनका लम्पट कथा,दु:ख दर्द पनि बांडन संभब छ?मेरो विचारमा संभब छ।

अब हिजो जस्तो प्रेम र यौनलाइ संकुचित रुपमा बुझ्ने जमाना गएको छ बरु त्यसको फराकिलो रुपबारे बिमर्श बढ्दै गएको छ।अब हिजोजस्तो आफूमा मात्र सिमित नराखी,रुढि र संकीर्ण नभै भोगेका सुखदुःखका पोया एबम गांठाहरु फुकाउन सहजताको लागि र आगे सोचबिचार गर्नको लागि संयुक्त पारिबारिक छलफल विमर्श गर्ने संस्कार बसाल्नेक्रम अगाडि बढेको छ।रुढता र जडताको परम्परागत मूल्यमान्यता क्रमश भत्कदो र खस्कदो छ।घर,घर जस्तो हुन मैत्रीपूर्ण र खुशहाललाई बरकरार राख्न पनि पारिवारिक र सामुहिक छलफल आबस्यक रहन गएको छ।पुस्तकमा म पात्र अथार्त पुन्यप्रसाद अबश्य गौरी,अंजली,निलिमा,किरण,चन्द्रकला जस्ता महिला साथीहरू संग प्रसङ्ग विशेष र घटना विशेषमा बांधिदै,डोरिदै र सम्बन्ध बढाएको छ,प्रेमालापमा डुबेको छ,बैबाहिक सम्बन्ध कायम गरेको छ तर यसो गर्दै गर्दा कहि कतै जोरजुलम,बाध्यताको शिकार,हिंसा र करकापका हर्कतहरु भएका छैनन्।

परिस्थितिको उपज स्वरुपनै ती सम्बन्धहरु अगाडि बढेका छन्।यहि भएरनै होला उसका छोराबुहारीहरु समेत उसको निश्चलता,छली ढांटी कपटी र बिना धोकाका उसका सर सम्बन्ध बिस्तारलाई स्वभाबिक रुपमा लिदै एक कर्तव्यनिष्ठ अभिभावकको रुपमा स्वीकार गर्दछन।त्यसैगरी पुस्तक पढिरहेको पाठक पनि पुन्यप्रसादको वर व्यबहार र सम्बन्ध कायमका विकसित पाटालाइ अन्यथा लिदैन।नढांटी भन्नू पर्दा उ महिलाको मामिलामा कमजोर रहे पनि एक जिम्मेवार अभिभावकले खेल्नुपर्ने भूमिकामा तलबितल नभएको ब्यक्तिको रुपमा संमान र आदर गर्दछ।


  पुन्यप्रसादका पहिलो र दोस्रो श्रीमती क्रमशः किरण र चन्द्रकला को असमयमै मृत्यु भएकोमा सामाजिक परिवेश र उसको चेतनाले त्यस घटनालाई अपकशुन,अलच्छिन,स्वास्नी पिराहाको भाग्यबादी सोचको रुपमा व्याख्या गर्न चाहेको,उसका सुशान्त,शसिकला र निशान गरि ३ नाबालक बच्चाबच्चीको लालनपालन,हेरचाहमा समस्या उत्पन्न भएको,बच्चा बच्चिको खुशी लुटिन नपावस,अबरोध नहोस् र गाउँलेहरुले टुहुरा बच्चा हुँदै अर्कि श्रीमती ल्याएकोमा कुरा काट्न नपावस भन्नाखातिर र उ आफै पनि आध्यात्मिक मिथक र भाग्यबादी सोचको भएकोले पनि आफ्नो दबिएको अतृप्त चाहानालाई बाध्य भै लुकाउन र अर्को बिबाह र घरजम गर्न सकिरहेको छैन।

उसको बोली व्यबहार र आचरणलाई मन पराइ गौरी नामकी पात्रले उसको घरको देखभाल र सहयोगि भूमिका निर्वाह गरेको स्वाङ पार्दै उसलाई अग्घोर प्रेम र बिबाह गर्न इच्छुक रहेकी तर पुन्यप्रसादकै आफै भित्रको घवराहट,लुते र दब्बु मानसिकताको चेपुवामा परि गौरीको प्रेम र बिबाह प्रस्तावलाई मान्न र स्वीकार गर्न नसकेको कुरा उल्लेख गरिएको छ।त्यसैगरी पुस्तकमा बिर्खे कामी र सुन्तली परियार,गोर्खे कामी र कमली परियार बिचको  अंकुराइरहेको प्रेमलाइ टुटाउन,फुटाउन र मेल हुन नदिन उनिहरुका अभिभावक वीर ब कामी,बिदुरे परियार,चंचलि कामी र गौथली परियार जस्ता पात्रले कथित जात,गरिब,धनिको बिषय उठाइ अर्घेलो बन्न र बाधक बन्न खेलेको प्रसङ्गले दलित समुदाय भित्रै पनि कथित जातिय छुवाछूत,उचनिच र हेलाहोचो प्रथा रुढ जड र जब्बररुपमा वरकरार रहेकोेबारे लेखकले औल्याएका छन्।

त्यसैगरी पुस्तकमा हरिगोपाल मङ्ग्राती र लिलामाया घर्तिको प्रेम प्रसङ्गमा हरिगोपालले लिलामायाको किताबमा प्रेम पत्र राखी दिए पछि लिलामायाले त्यसको पोल आफू पढ्ने स्कुलको हेडसर संग लगाइददिंदा हरिगोपालले हेडसर हुँदै लिलामायाको घरका बुवाआमाबाट मार खाएको त्यही घटनालेनै पुनःलिलामाया र हरिगोपाल बिच झ्याङ्गिएको प्रसङ्ग ब्यहोरा पढिरहदा उपन्यास पढिरहेको पाठक पनि हिजो आफूले वा आफ्नो उमेर बयका अन्य साथी र दाजु दिदिहरुले स्कुल पढ्ने चंचल उमेरमा बिपरित लिङ्ग प्रति आकर्षण र जिज्ञासुभाव प्रेमपत्र आदानप्रदान गरेका आफू स्वयं हुलाकी हुनुपरेको जस्ता रोचक दिन र पलहरु सम्झन बाध्य हुन्छ।

त्यसैगरी पुस्तकमा बिर्खे,कमलि,बिबेक,सरिता,बिदुरे,गौथली जस्ता पात्रहरुको माध्यम द्वारा बिगतमा तत्कालीन माओवादीले चलाएको १० बर्षे सशस्त्र बिद्रोह र द्वन्दकालिन अबस्थामा सरकार र बिद्रोही पक्षको चेपुवामा परि आम नागरिकहरुले भोगेको अकथनीय पिरलो,सास्ती,हन्डर ठक्कर र त्यसक्रममा मृत्यु हुन पुगेका,घाइते,अपांग,बेपत्ता हुनेहरू र आस्रित घरपरिवारको बिचल्ली र दर्दनाक अबस्था बारेमा पनि लेखकले सुसूचित र जानकारी गराउने चेष्टा गरेका छन्।

त्यसैगरी पुस्तकमा ०६३सालमा मधेसी र पहाडी समुदाय बिच साम्प्रदायिक सोंच आबेग र हिंसामा परि मधेसको भूमिमा बसोबास गरेका पहाडी मूलका बासिन्दा माथी गरेको दुव्र्यवहार ज्यादती र काठमाडौं लगाएतका पहाडी क्षेत्रको सदरमुकामहरुमा मधेसी प्रती नकारात्मक धारणा राख्दै गरिएको खेदो,हेला होचोका दुव्र्यवहारलाई पनि लेखकले समेटेका छन्।

पुस्तकमा बैँस चढ्दै गरेकी उजेली र ४ छोरा समेत भैसकेको रामबाबु बिच अतृप्त काम बासना पूर्ति गर्न,अबैध सम्पर्क कायम गरे पश्चात् उजेलिको पेटमा रहेको गर्भ र भबिस्यलाई रामबाबुले सहजै स्वीकार गर्न नसक्दा रामबाबुको यौन पिपाशु हर्कतका सामुन्ने ड्टने र लड्ने भर थेग आड भरोसाको कमिले गर्दा मानसिक रुपमा बिक्षिप्त भै उजेलिले आत्महत्या गर्न पुगेको प्रसङ्गले छोराछोरी समेत भएको रामबाबु जस्ता गैर जिम्मेवार यौन पिपाशु र स्त्री लम्पट ब्यक्तिहरुले कसरी उजेली जस्तो अबोध बालिकालाई ललाइफकाइ आफ्नो मोहपासमा पारी यौन शोषण गर्न पुग्दछन र आत्महत्या गर्न बाध्य तुल्याइन्छ?भन्ने सामाजिक यथार्थतालाइ पनि उजागर गरिएको छ।


  त्यसैगरी पुस्तकमा रामबाबुको पिडक हर्कत सम्बन्धमा कानुनी कारबाहीको दायरा पहिल्याउनुको सट्टा उसलाई सबक सिकाउने र नङ्याउने नाममा प्रतिमा जस्ती निर्दोष पात्रलाई प्रयोग गरि पुनः रामबाबुबाटै बलाकृतको चंगुलमा फसाउने पुन्यप्रसाद,अंजली लगाएतका साथीहरूको बेढंगी,बचकनापन,उरेन्ठेउलो हर्कत भर्त्सना योग्य रहेको छ।उनिहरु क्षम्य छैनन्।

यस पात्र र प्रवृत्तिका घटना उल्लेख गरेर लेखकले समाज यस्तो पनि छ है भन्न खोजेका छन् ।त्यसैगरी पुस्तकमा पुन्यप्रसादको बाल्यकालिन साथी चन्द्रकला र सुर्यप्रसाद बिचको प्रेम अंकुराउंदै जांदा र सहबास हुंदा बिबाह अगाडिनै चन्द्रकलाको पेटमा रहन गएको ९ हप्ताको गर्भलाइ अन्यथा नसम्झी बिना आनाकानी दुबै पक्षका अभिभावकहरुले सहजताका साथ स्वीकार गर्दै ती दुबै जोडीलाई बिबाह गराइदिएको प्रसङ्गले समाज प्रेम र यौनको मामिलामा बिस्तारै फराकिलो सोच लचकताका साथ प्रस्तुत हुँदै गइरहेको छ कि भन्ने छनक दिन खोजिएको छ।

रामबाबु जस्तो यौन पिपाशुबाट बलाकृत हुन पुगेकी प्रतिमा मानसिक रुपमा बिक्षिप्त अबस्थामा पुगेकी र उसलाई  गाउँघरमा बौलाही र कसैको जुठी भैसकेकी भन्दै छेडखानी र अपहेलित हुनुपर्दा उ झनै दुखी र चिन्तित रहेकै अबस्थामा पुन्यलाल पात्रले प्रतिमालाइ हौसला उत्साह थपी मानसिक सहारा दिदै बिबाह गर्न समेत राजी भएको,पुन्यलालले घरपरिवारलाई समेत convince गर्न सफल भै प्रतिमा उपर ईष्र्यालाग्दो प्रेम दर्शाउदै बैबाहिक दाम्पत्य जीवन कायम गरेको घटना विवरण र प्रसङ्गले जोरजुलम र अनिच्छुक रुपमा बलाकृत अबस्थामा पुगेकी नारीलाई अपहेलना,अनादर र हेलाहोचो होईन आड भरोसा,प्रेम,हौसला र उत्प्रेरणाको खांचो रहेको,सहृदयी मन, मानबियता प्रकट र फराकिलो सोच विकसित हुनुपर्ने संदेश प्रवाह गरिएको छ।

पुन्यप्रसादले मनै देखि प्रेम भाव र इच्छा जाहेर गरेको प्रेमिका अंजलिको पुष्पराज संग अचानक बिबाह भएको र त्यस घटनालाई लिएर गाउँलेहरु र पंचायत समेतले परम्परा,संस्कार र रिति थिती तोडेको भन्दै गाउँ निकाला गर्न लाग्दा पुन्यप्रसादकै पहलकदमी र प्रयासले गर्दा उनिहरु गाउँ निकाला हुनबाट वचेको,त्यस लगत्तै उसको प्रधानपंचकै छोरी किरण संग बैबाहिक सम्बन्ध कायम भएको तर मनबाट अंजलीलाई भुल्न नसकेको,दिल दिमागमा अंजली संगै रहदा सपनामा समेत उस संग प्रेम सहबासमा चुर्लुम्म डुब्ने प्रयत्न गरेको प्रसङ्गले मानिसका स्वभाबिक रुपमा जागृत र अतृप्त काम बासनाको चाह प्रकट हुने मनोबिज्ञानलाइ ख्याल खबर राखेर यौन मामिलामा खुल्ला र स्पष्ट रूपमा बोल्न रुचाउने प्रख्यात दार्शनिक ब्यक्तित्वहरु फ्रायड र ओशो रजनिशले राखेका धारणा र मान्यताहरु चाहेर वा नचाहेर आफ्नो ठाउँ ओगट्दै गइरहेको दृष्टान्त दिनु पनि लेखकको मकशद रहेको यसै बुझ्न सकिन्छ।

त्यसैगरी पुस्तकमा पुन्यप्रसाद पढाइको सिलसिलामा रामेछापको सदरमुकाम तर्फ लाग्दै गर्दा स्कुल भर्ना गराइ बुवा फर्कनेक्रमा बुवाको चाउरी परेको निन्याउरो अनुहार,पाइतालाका छालाहरु गोहोरोका भन्दा पनि बाक्ला,गोलिगांठा र औंलाहरुमा कांडाहरुले छर्छर्ती घोंचेर निकालेका रगतका टाटा,धुलो मैलो र मयल कटकटिएर बाक्लिएका कालो छाला देखिएकोमा उसले बुवा प्रति झनै श्रद्धा ब्यक्त गर्दछ र बुवाले भनेको सम्झन्छ-“घरको दु:ख सम्झेर पढ्नु

    त्यही क्षण आमाको महत्वलाई यसरी सम्झन्छ-“आमाले पितलको बटुका भरी दूध पिउन दिनुभएको सम्झेर एकाबिहानै मन आलसतालस हुन्थ्यो,दुधभात मुछेर स्वाम स्वाम खाएको सम्झेर भात खानेबेलामा घाँटी सुक्थ्यो-घ्यू,नौनी,कुराउनी र बिलाउनी हात थापेर ख्वाप्पख्वाप्प खाएको याद आउंथ्यो,दहि,मथ्दै घार घुर पारेर मदानी घुमाएको याद आउंथ्यो,बिमारी हुंदा आमाले फकाएर ओखतिमुलो खुवाएको याद आउंथ्यो।जहाँ मेरि आमा मलाई सम्झेर रामेछाप तिर आँखा डुलाउनु हुन्थ्यो”आफ्ना बुवा आमाको महत्व,गरिमा,बिछोडी याद र अभाव महशुसको पुन्यप्रसादको यो समझ र सोमती व्यबहारलाई पुस्तक पढिरहेको पाठकले पनि क्याबातको उपमा दिन्छ।


    यसरी आफ्ना सन्ततिको भबिस्य सुखद र खुशी देख्न चाहाने बुवा आमाले दु:खजिलो गरि हुर्काएको,अशल अभिभावकको भूमिका निर्वाह गर्दै पढाइ लेखाइमा खर्चेको,उज्ज्वल भबिस्यको कामना गर्दै आफ्ना पलभरका खुशी समेत लुटाएको,उनिहरु संगको बिछोडी याद,अभाव महशुस,कर्तव्यबोधका सिमारेखाको मर्म र संबेदनसिल पक्षलाई  पनि लेखकले महत्व दिएका छन्।

त्यसैगरी पुस्तकमा एकै घरका बुवा आमाका छोराछोरी,दाजुभाइ दिदिबहिनीहरुमा सहयोगी भावनाले किलो गाड्नुपर्नेमा वा ओतप्रोत हुनुपर्नेमा त्यो नभै इर्ष्या ,जलन,असह्योगी भावना,मन मुटाब,सम्पत्तिमा अनावश्यक मोह र प्रतिस्पर्धाले गर्दा हाम्रा मिलेका घरपरिवार र मनहरु कति धेरै धांजा फाटेका हुन्छन्? चर्किएका र मक्किएका छन्? भन्नेबारेमा पनि लेखकले पुन्यप्रसादको घरपरिवारको बिबाह,सम्पत्तिको किचलो किस्साबाट यसरी पुष्टि गर्न खोजेका छन्।

त्यसैगरी पुस्तकमा म पात्रकी बाल्यकालिन साथी चन्द्रकलाको सुर्यप्रसाद संग बैबाहिक सम्बन्ध कायम भएकोमा बाढिपहिरोमा परि सुर्यप्रसाद र उसको छोराको मृत्यु हुँदा चन्द्रकला शोकमा डुबिराखेकी हुन्छे उता पुन्यप्रसादको जीवनसंगिनी किरणको पनि लगभग त्यसै समयमा पाठेघरमा समस्या भएको कारण मृत्यु भएको र छोरा सुशान्त नाबालक अबस्थामा रहेको हुन्छ यसरी ती दुई ज्यान क्रमशः पति बियोग र पत्नी बियोगमा छटपटाइरहेको अबस्थामा ती दुइको राजिखुशी र सहमतिमा बैबाहिक दाम्पत्य जीवन कायम हुन्छ।

यी दुई पात्रको चरीत्र चित्रण गर्दै लेखकले बिधवा र बिदुरको जैबिक आबस्यक्ता/यौन तृष्णालाई लुकाएर दबाएर राख्ने होइन तृष्णा र आबस्यक्ता ढंग पुर्याएर पुर्ती गर्नुपर्छ भन्दै बिधवा नारीलाई सेतो पहिरनमा राखी राख्ने,पुनः बिबाह नगर्न र कथित पतिदेबको धर्म रक्षा गर्नुपर्दछ भन्ने सामाजिक रुढ मान्यतालाई भत्काउन सबिनय अनुरोध गर्न घच्घच्याएका छन्।


त्यसैगरी पुस्तकमा जब पुन्यप्रसाद एकालापमा हुन्छ तब उसले हिजोको बाल्यकालिन अबस्थाका रमाइला पल,युवा अबस्थामा आउंदा पढाई र भबिस्यको चिन्ता गर्दै कलेज धाउंदा फोहोर र गन्हाउने गल्ली ओहोरदोहोर गरेको,आर्थिक कठिनाइले गर्दा इच्छाएको लत्ताकपडा लगाउन नपाएको,आंतिलो र भरिलो खान नपाउएको,पढाइ खर्च जुटाउन बुवा आमाको हम्मेसी र संघर्ष हुँदै प्रौढ अवस्थामा श्रीमान श्रीमतीको खुशीको गुलाम हुँदै जागिरे जिन्दगी,घर व्यबहारमा लिप्त,सन्ततिको भरणपोषण र भबिस्य खोज्दाखोज्दै बृद्धअबश्था,छोराछोरी आ-आफ्नै घरजममा ब्यस्त भए पछि बल्ल बुवा आमाको चेत खुलेको अनि भोलिको सुखको लागि भन्दै बर्तमानमा पाएका क्षणभंगुर खुशी पनि लुटाउनु गुमाउनु परेको तितो यथार्थलाई सम्झन्छ।

यसरी लेखकले पुन्यप्रसादको मनोसंबाद मार्फत एउटा मान्छेको जिउने कला र जिन्दगीको हकिकत पक्षलाई सटिक रुपमा अर्थ्याएका छन्।त्यसैगरी पुस्तकमा पुन्यप्रसादले बिबाह गरेकी किरणलाई पुष्पप्रसादले र पुष्पप्रसादले बिबाह गरेकि अंजलिलाइ पुन्यप्रसादले प्रेम बिबाह गर्ने योजना बनाएकोमा त्यो नभै ठिक उल्टो दाम्पत्य सम्बन्ध कायम भएको रोचक प्रसङ्ग पनि समाबेश गरिएको छ।

त्यसैगरी पुन्यप्रसादका दुई छोराहरु सुशान्त र निशानले एकै घरका दुई बहिनी अथार्त उस्कि पूर्ब प्रेमिका अंजलिका दुई छोरी शर्मिला र शुसिलाहरुको प्रेम बिबाहलाई सहजै स्वीकार गर्न पुग्नु तर पुष्पप्रसाद र अंजलिको छोराले पुन्यप्रसादको छोरिलाइ बिबाह प्रस्ताव उपर पुन्यप्रसादको निम्छरो सोंच र छुद्र वचन प्रति किमार्थ सहमति हुन सकिदैन।पुस्तक पढिरहेको पाठकले समेत पुन्यप्रसादलाई यतिन्जेल समर्थन गरिरहेकोमा असहमति राख्दछ।

त्यसैगरि पुन्यप्रसाद जस्तो पढेलेखेको,हन्डर ठक्कर खाएको र देश दुनियाँ बुझेको भन्ठान्ने ब्यक्तिले आफ्नो काममा बिश्वास भाव भन्दा  भाग्यभरोसा,अलौकिक रहस्यमा बिश्वास राख्ने सोच संग पनि 
  सहमति हुन सकिदैन।यसमा पाठकको आफ्नै राय हुन सक्छ।यसरी फेरि पनि पुस्तक भित्रको मूख्य पात्र र नायक पुन्यप्रसाद यौन र महिलामा कमजोर भूमिकामा रहे भएको जस्तो देखिए पनि हकिकतमा उ कहिँ पनि आफ्नै चाहनाले स्वार्थपूर्तिको खातिर मरिहत्ते गरेको देखिदैन।

उ कहिँकतै जोर जबर्जस्त र बाध्यकारी भूमिकामा पनि प्रस्तुत हुदैन,समय परिस्थिति र परिबन्धलेनै उसलाई त्यस्तै र त्यही भूमिका गर्न अर्ह्याएको छ।आफ्ना शब्दका बान्की,घटना र बिषयबस्तुको सहि समयमा उठान,बैठान,आफूले चरित्र अभिनय गर्न दिएका थुप्रै पात्रहरूको सहि ब्यबस्थापन र उचित कदर,चांजोपांजो मिलाउन सदा होशियार र चंखपननै लेखकको लेखकिय खुबी रहेको छ।

तर पुस्तकको नाम “प्रपंच” नराखेर”परिबन्ध” राखेको भए उपयुक्त हुने थियो कि भन्ने मेरो बुझाइ रहयो।  यसरी पुस्तकमा प्रेम रस र तिष्णाका स्वादिला कुरा,मिलन बिछोड,हांसो रोदन संघर्ष कहानिका गहकिला बिषयबस्तु,पाखा पंधेरा उकाली ओरालि,चौतारी भञ्ज्याङका तितामिठा बातहरु,जन्मिहुर्की खेलेका साथिसंगी संगका बालक्रीडा तथा यौबनाबस्थामा बिताएका भुल्नै नसकिने रमाइला पलहरु सम्झौता,समन्वय,बिद्रोह र हुंकारका चेतहरु,धोका,बेइमान,घृणा, अपमानका घाउहरु,शिक्षक र विद्यार्थीबिच सम्बन्ध सुधार र मनोबिज्ञानका आयामहरु,महिला हिंसा तथा नारी मार्का र संबेदनाका घोत्लाइहरु,दाम्पत्य जिबनमा आउने उतारचढावका झांकिहरु,गरिबी र अभावका सुस्केराहरु,कर्तव्यबोधका सिमा रेखा र बाध्यताहरु आदि इत्यादि बिषयबस्तु र घटनाक्रमको संगालोनै प्रपंच उपन्यासको पुंजि हो। समुच्च रुप हो।

पुस्तक पठनिय छ।अन्त्यमा आदरणीय मित्र प्रकाश कोइरालाजिको बेजोड कल्पना शक्ती,शब्द भण्डारको ज्ञान र लेखकिय खुबीलाई तारिफ गर्दछु।आगामी दिनमा लेखकबाट बैचारिक खजानाको सन्देशमूलक पुस्तक तयारीमा लाग्न र जुट्न सबिनय अनुरोध गर्दछु।लेखकको उर्जा,कल्पना र प्रतिभाले झनै निखार रुप लेवस।हार्दिक बधाई तथा शुभकामना।

प्रतिक्रिया दिनुहोस