करिब १ लाख नगद सहित तुलसीपुरमा जुवाडे पक्राउ

खबरशाला संवाददाता  |  असोज १, २०७७

तुलसीपुर । प्रहरीले तुलसीपुरबाट करिब एक लाख नगद रुपैयाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ भुईयारथान बस्ने कुमार सुनारको घरकाे कोठामा पैसाको हारजित हुने गरी जुवातास खेलिराखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद अन्ठानब्बे हजार नौ सय पचास रुपैयासहित १३ जनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउमा

जुवामा प्रयोग भएको नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रंगको तास ३ गड्डी तासहित प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ६ निवासी २८ बर्षीय रोसन बुढाथोकी, सोही ठाउँ निवासी ४३ बर्षीय भरत बि.क, सोही ठाउँ निवासी २८ बर्षीय हेमन्त शाही ,सोही ठाउँ निवासी २८ बर्षीय सुशील वली, ४२ बर्षीय रामकुमार सुनारलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले ३३ बर्षीय ओमबहादुर बुढामगर, तुलसीपुर ७ निवासी ३६ बर्षीय प्रेमबहादुर सुनार, तुलसीपुर ८ निवासी ३९ बर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका–१३ बस्ने ३३ बर्षीय मालबहादुर वली, घोराही–१० निवासी २८बर्षीया केशव डांगी, घोराही–.११ निवासी २६ बर्षीय अर्जुन पुन, बाँके जिल्ला कोहलपुर नगरपालिका १० निवासी ६० बर्षीय धर्मराज बुढाथोकी र कोहलपुर नगरपालिका–.८ निवासी ४० बर्षीय दिपक वली रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस