दाङ्ग राजधानीको उत्तम विकल्प

चन्द्रप्रकाश नेपाली  |  असोज १७, २०७७

चन्द्रप्रकाश नेपाली

घोराही । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीलाई बनाउने प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त सरकारी प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभा सदस्य इन्द्रजित थारुले राप्ती उपत्यका देउखुरीलाई राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले पास हुने बताए ।
उनले भने, –‘सभाको असोज १९ गते हुने अर्को बैठकले उक्त प्रस्ताव नेकपाको तर्फबाट सर्वसम्मतरुपमा पारित गर्छ । प्रदेशका १२ वटै जिल्लालाई पाईक पर्ने, भौगोलिक तथा वातावरणिय हिसावले पनि उपयुक्त रहेको छ । त्यसैले पनि प्रदेशको राजधानी दाङ हुने सवालमा कुनै दुविधा छैन्, प्रदेश सभा सदस्य चौधरीले भने ।

यस्तै अर्कोतर्फ नेकपा प्रदेश ५ संसदीय दलले यस प्रस्तावलाई समर्थन गर्ने जनाएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सबैको भावनालाई समेटेर प्रदेशको राजधानी दाङ गराउने सरकारको निर्णयलाई मानेर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको जानकारी दिएका हुन् । दाङको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसविरुद्ध उभिए कारवाही समेत हुने निर्णय गरेको छ । प्रदेश सभामा ८७ सांसदमध्ये नेकपामा ६१ जना रहेका छन । त्यसैले पनि प्रदेश ५ को राजधानी दाङ हुने पक्का भएको छ ।

यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख तथा नेकपाका केन्द्रिय सदस्य नरुलाल चैधरीले प्रदेश सभाले सबैको पहुँच पुग्ने र सबैलाई समेट्ने गरी दाङमा राजधानी ल्याउने निर्णय गरेको र यो सकारात्मक भएको बताउछन् । यो कसैको हर र कसैको जितभन्दा पनि अहिले प्रदेश सरकारले जे ग¥यो सबैको हितका लागी गरेको बुझ्न आवश्यक रहेको उनको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनताको मतलाई प्रदेश सरकारले कदर गरेको वताउँदै वैज्ञानिक आधारले प्रदेशको राजधानीका लागि दाङ्गको विकल्प नभएको वताए । ‘ ढिलै भएपनि प्रदेश सरकारले वस्तुनिष्ठ ढँगले निर्णय गरेको छ । ’ नगरप्रमुख पाण्डेले भने ।

राजधानी सरोकार समितीका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले सरकारले हाम्रो बिगतको अभियान र अन्दोलनलाई सम्बोधन गर्दैैै प्रदेशबासीको भावनाअनुसार दाङ राजधानी तोकिएकोमा खुशी ब्यक्त गरे । उनले भने, ‘राजधानीको तोक्नको लागि जति पनि समिती गठन भए सबै समितीले सरकारलाई प्रदेशको राजधानी दाङलाई बनाउन सिफारिस गरे ।

बिज्ञ तथा संसदिय समितीले राजधानीको बिषयमा प्रदेशभित्रका सबै जिल्लामा गएर बुझ्दा सबैले दाङलाई नै उपयुक्त ठानेको र सम्पुर्ण दृष्टिकोणबाट दाङ नै सीफारिस गरेको हो । दाङमा राजधानी सबैको हितका लागी आएको छ त्यसैले यसलाई सबैले समर्थन गर्न जरुरी छ, ’ भुषालले भने ।

नेकपा दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले अन्तिम निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्रै हुने भएाकाले प्रदेश सरकारले जा राजधानी तोक्छ, त्यो सबैलाई स्वीकार्य हुने वताए । ‘दाङ राजधानी हुनु हामी दंगालीका लागि स्वागतयोग्य छ र प्रदेश सभाले गर्ने अन्तिम निर्णयको पर्खाईमा अहिले सबै छौ ’ उनले भने ।

यस्तै नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले पनि प्रदेश सरकारको प्रस्तावको स्वागत गरेका छन् । ‘ दाङलाई राजधानी बिषयमा हाम्रो अभियान लामो समयसम्म रह्यो । दाङ सबै राजधानीका लागी सबै दुष्टिकोणले उपयुक्त भएकाले हामीले यसलाई स्वागतयोग्य मानेका छौँ ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस