बालुवाटारमा काेराेना , प्रधानमन्त्रीको सचिवालयका ५ जनामा संक्रमण

खबरशाला संवाददाता  |  असोज १७, २०७७  |  ५७८ पटक पढिएको

तुलसीपुर । प्रधानमन्त्रीको किचेन क्याबिनेटका अधिकांश सदस्यमा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी रहेका छन् ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत आफूहरूमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका हुन् । उनीहरूले केही दिनयता सम्पर्कमा रहेका व्यक्तिलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।

‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु’, रिमालले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस