भाइरसबाट बच्ने अचुक उपाय हो– हात धुने, धोइरहने

खबरशाला संवाददाता  |  असोज १०, २०७७

डा. रोड्नी रोहडे, एक भाइरस विशेषज्ञ र क्लिनिकल प्रयोगशाला विज्ञ हुन्। 

उनले सामाजिक दुरीलाई मानिसहरूले सामान्य लिएका बेला नियमित सतहको सफाइ र हातधुन किन आवश्यक छ भनेर बताइरहेका छन्।

स्वास्थ्य सेवामा, सफा हात रोग फैलिनबाट बचाउन महत्वपूर्ण छ। 

भविष्यका मेडिकल प्रयोगशाला, सार्वजनिक स्वास्थ्य र नर्सका विद्यार्थीलाई यो अवधारणा प्रचार गर्नुपर्ने उनको तर्क छ। 

त्यस्तै, उनले आफ्ना पेसाका सहकर्मीहरूलाई बारम्बार सम्झाउँछन् कि हाम्रो हातहरू स्वास्थ्य सेवामा रोगको सबैभन्दा खतरनाक ‘भेक्टर’ हुनसक्छ भनेर। 

हामी सबैलाई थाहा छ कि हात स्वच्छता संक्रमण रोक्नका लागि महत्वपूर्ण छ। साथै सामुदायिक वातावरणलाई कीटाणुहरूको संक्रमणबाट बचाउन सकिन्छ।

उनले भनेका छन्, ‘हामीले अहिले स्यानिटाइजर लगाइरहेका छौं तर वातावरणमा सधैं कीटाणु हुन्छ। हामी अब झन् सजग रहेर नियमित सतहको सफाइ र हातधुन जरुरी छ किनभने आर्थिक गतिविधिहरू सुरु हुन थालिसकेका छन्।’

सफाइ र डिसइन्फेक्टिङबीच भिन्नता

सफाइ र डिसइन्फेक्टिङबीचको भिन्नता बुझ्नुपर्छ। सिडिसीले यसका भिन्नतालाई यसरी प्रस्ट्याउँछ : 

‘सफाइले सतहबाट कीटाणुहरू, फोहर र अशुद्धताहरू हटाउँछ। यसले कीटाणुहरू मार्दैन, तर तिनीहरूलाई हटाएर यसले तिनीहरूको संख्या कम गर्छ र संक्रमण फैलाउने जोखिम पनि कम गराउँछ।’ 

डिसइन्फेक्टिङले केमिकलहरू प्रयोग गर्दछ, उदाहरणका लागि इपिए–पन्जिकृत कीटाणुनाशक, सतहहरूका कीटाणु मार्छ। 

यस प्रक्रियाले फोहर सतहहरू सफा गर्ने वा कीटाणुहरूलाई हटाउँदैन, तर कीटाणुहरू मार्ने क्रममा सतह सफा गरेपछि यसले संक्रमण फैलाउने जोखिम कम गर्न सक्छ।’

के सफाइ र डिसइन्फेक्टिङ कोभिड–१९ को भाइरसका लागि उपयुक्त छ?

हातधुने र सतह सफाइ गर्नुले कुनै पनि जीवाणु हटाउन उपयुक्त हुन्छ। तपाईले आफ्नो हातलाई पनि डिसइन्फेक्ट गर्न सक्नुहुन्छ। यस अर्थ स्यानिटाइजर लगाउनु पनि भाइरसबाट बच्न उपयुक्त हुन्छ। सिडिसिको अनलाइन जर्नलमा डब्लुएचओले हातधुन सिकाएका विधिहरू एकदम उत्तम रहेको डा. रोड्हेले बताएका छन्।

अनुसन्धानकर्ताहरूले डब्लूएचओले सार्स कोभिड–२ का लागि सिफारिस गरेको विधि र फर्मुलेसनबाट कसरी संक्रमण फैलिनबाट निस्क्रिय बनाएको थियो भनेर पत्ता लगाएको थियो। 

महत्त्वपूर्ण कुरा त दुवै फर्मुलेसनले भाइरसहरूलाई ३० सेकेन्डभन्दा कममा कम ग¥यो, जसमा अल्कोहलको कन्सन्ट्रेसन ३० प्रतिशतभन्दा माथि थियो।

जुनै पनि ह्यान्ड रब गर्ने चिजमा राखिने एउटा तत्व भनेको अल्कोहल हो। एक अध्ययनका अनुसार भाइरस निस्क्रिय गर्न ३० सेकेन्ड आवश्यक पर्छ। यी खोजहरू सार्स कोभिड–२ को महामारी रोक्न एकदमै महत्त्वपूर्र्ण साबित भएका थिए। 

यो अध्ययन महत्त्वपूर्ण छ किनभने सार्स कोभिड–२ सर्न मानिस नै काफी छ र लक्षण देखाए या नदेखाए पनि भाइरस सर्नसक्छ।

यस संक्रमणका रोकथामका लागि सक्रिय उपायहरू महत्त्वपूर्ण छ। किनकि अहिलेसम्म कुनै पनि खोप उपलब्ध छैनन्। केवल एक अनुमोदित उपचार औषधी रेमडेसिभिर छ।

भाइरसको संक्रमण रोकथाम र यो रोगसँग लड्ने उपाय नै सार्वजनिक प्राथमिकताको विषय हो। 

माथि उल्लेख गरिएअनुसार हात स्वच्छता हुनुपर्छ। 

हात धुनु महत्त्वपूर्ण छ तर यस अध्ययनमा देखिएअनुसार हामीलाई ह्यान्ड सेनिटाइजरमा सजिलैसँग उपलब्ध हुनुपर्ने र प्रभावकारी डिस्इन्फेक्टिेन्टहरू आवश्यक छ। 

आयाेमेलबाट

प्रतिक्रिया दिनुहोस