न्यायिक समितिलाई विवाद निरुपण तालिम

खबरशाला संवाददाता  |  असोज १०, २०७७

तुलसीपुर । स्थानीय तहका न्यायिक समिति पदाधिकारी र कर्मचारीका लागि विवाद निरुपण सम्बन्धि तालिम आयोजना गरिएको छ । युएसएआइडीको साझेदारी–संघीयता सहयोग कार्यक्रम अन्तर्गत सुदुरपश्चिम प्रदेश अन्तर्गतका ७ वटा स्थानीय तह र प्रदेश ५ अन्तर्गतका घोराही, तुलसीपुर र दंगीशरण गरि १० वटा स्थानीय तहका कार्यक्रम आयोजना गरिएको थियो ।

अनलाइन विधिवाट सञ्चालन गरिएको कार्यक्रममा तुलसीपुर उप–महानगरपालिकावाट न्याय समिति संयोजक एवम् नगर उप प्रमुख माया शर्मा,सदस्य जानका रेग्मी, यमुना परियार र न्याय समितिमा कार्यरत कर्मचारी हुमबहादुर वि.क लगायत सहभागी रहेका थिए ।

परियोजनाले वन्दावन्दीकै समयमा न्याय समितिले विवाद निरुपणका सन्दर्भमा गरिरहेका अभ्यास, सिकाइ र चुनौतीहरु जस्ता विषयमा न्याय समितिका पदाधिकारी, कर्मचारी, मेलमिलापकर्ता, सेवाग्राही लगायतका व्यक्तिहरुसँग विभिन्न प्रश्नावलीहरु वनाइ अध्ययन गरेको थियो ।

अध्ययनको क्रममा प्राप्त निष्कर्षका आधारमा समितिका लागि पुनर्ताजगी होस भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो । कार्यक्रमको सहजीकरण वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता अनिता न्यौपाने थपलिया र परियोजनाका नीति तथा अनुसन्धान प्रमुख अधिवक्ता राजेश हमाल लगायतले गरेका थिए ।

तुलसीपुरमा कार्यक्रमको व्यवस्थापन परियोजनाका नगर संयोजक विश्वमणि खनालले गरेका थिए भने कार्यक्रमको समग्र व्यवस्थापन परियोजनाका नगर तालिम विशेषज्ञ पुरुषोत्तम अधिकारीले गरेका थिए ।

कार्यक्रममा परियोजनाका युएसएड प्रतिनिधि रेश्मा थापा, चिफअफ पार्टी मार्क पोम्भरविले, डिपुटी चिफ अफ पार्टी राकेश कर्ण र सिनियर नगर संयोजक मदनमणि आचार्य लगायतले न्याय निरुपणका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस