विश्व फोक्सो दिवस मनाइयो

खबरशाला संवाददाता  |  असोज ०, २०७७

दाङ,९ असोज । तुलसीपुर उपमहानगरपालिका–७ र जनस्वास्थ्य प्रवर्द्धन शाखा कार्यालय दाङको सयुक्त आयोजनामा तथा मानव विकास केन्द्र नेपालको समन्वयमा विश्व फोक्सो दिवस मनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा फोक्सोको महत्व, फोक्सोलाई असर पार्ने तत्वहरु र कोरोना भाइसरले पार्ने असरका बारेमा मानव विकास केन्द्र जनस्वास्थ्यकर्मी पुकार लामिछानेले जानकारी दिएका थिए ।

विश्वमा फोक्सोको असर र नेपाल र तुलसीपुर उपमहानगरपालिकामा कोरोनाको अवस्थाका बारेमा तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल फर्सन विमल केसीले जानकारी गराएका थिए । कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमपी न्यौपानेले फोक्सोलाई बचाउनका लागि ध्रुमपान,मध्यपान र सुर्तीजन्य पदार्थ आजैदेखि त्याग्न सुझाव दिएका थिए ।

त्यस कार्यक्रममा गैराखाली सामुदायिक वन उपभोक्ता समूहका छोटीलाल थारु, हिमाल टोल विकास सस्थाका अध्यक्ष ओमबहादुर वली, लेखनाथ न्यौपानेलगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न टोल विकास सस्था तथा वन समूहका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मानव विकास केन्द्रका कोषाध्यक्ष तथा प्रयोगशालाकर्मी नारायण रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस