ललितपुरका मेयरलाई कोरोना संक्रमण

खबरशाला संवाददाता  |  असोज ०, २०७७

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा मेयर महर्जनमा आज कोरोना पोजिटिभ देखिएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा मेयर महर्जनमा कोरोना देखिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएपछि चिरिबाबु बखुन्डोलस्थित आफ्नै घरमै आइसोलेसनमा बसेका छन् ।

केही साताअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण देखिएको छ । उनी अहिले भने संक्रमणमुक्त भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस