बुटवलमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  असोज ०८, २०७७

सांकेतिक फाेटाे

बुटवल – कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

अशोज १ गतेदेखि उपचाररत कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र भदौ २७ गतेदेखि उपचाररत नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। अशोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।

नवलपरासी रामग्रामका पुरुष भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए। उनमा कलेजोको समस्या थियो। उनको बिहीबार बिहान चार बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस