पाल्पामा पहिरोले घर पुर्दा ६ जना बेपत्ता

खबरशाला संवाददाता  |  असोज ०८, २०७७

1140x725
सांकेतिक तस्बिर

काठमाडौं–पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन्। 

बेलौजा स्वास्थ्य चौकीनजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो। हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको  गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। 

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन्।

यस्तै, पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन्। उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस