स्मार्टफोन किन्दा ध्यान दिनैपर्ने यी ७ कुरा

खबरशाला संवाददाता  |  असोज ०५, २०७७

आफ्नो लागि एउटा राम्रो स्मार्टफोन चयन गर्न पहिलेभन्दा अहिले धेरै नै गाह्रो भएको छ । बजारमा यति धेरै अनि राम्रा स्मार्टफोनहरु उपलब्ध छन् ।

यी फोनहरुमा आ-आफ्ना फिचर र विशेषताहरु छन् । सबै लोभलाग्दा छन् । कोही लुक्समा अब्बल छन् भने कोही सफ्टवेयरमा ।

कसैको ब्याट्री त कसैको क्यामेरा राम्रो छ । कुनैको स्क्रिन, डिस्प्ले राम्रो छ । हामीले हाम्रो आवश्यकता अनुसार आफूलाई सुहाउने स्मार्टफोन चयन गर्नुपर्दछ । 

स्मार्टफोन चयन गर्न अघि तपाई केही कुरामा ध्यान दिनुहोस् । 

१. आफ्नो बजेट ध्यान दिनुहोस् 

स्मार्टफोन खरिद गर्नुअघि बजेट तयार गर्नुहोस् । कस्तो स्मार्टफोन लिने भन्ने निर्क्यौल गर्न त्यो बजेट पनि एउटा प्रमुख आधार हो । 

तपाईंले तय गरेको आफ्नो बजेट रेन्जभित्र उपलब्ध रहेका मोबाइलका सूचीहरु खोज्नुहोस् । त्यसभित्र आवश्यता पर्ने मुख्य फिचरहरुको अब खोजी गर्न थाल्नुहोस् ।

२. फोटोग्राफीमा रुची राख्नुहुन्छ ?

आफ्नो फोनमा क्यामेरा तपाई कतिको प्रयोग गर्नुहुन्छ ? फोटोमा कतिको सौखिन हुनुहुन्छ ? सेल्फी र ब्याक क्यामेरा कुन धेरै प्रयोग गर्नुहुन्छ ?

यदि क्यामेरा र फोटोको सौखिन हुनुहुन्छ भने स्मार्टफोन हेर्दा क्यामेरा फिचरलाई पनि विशेष ध्यान दिनुहोस् । कतिपय फोनमा अल्ट्रा वाइड सेल्फी क्यामेरा हुन्छन् । सेल्फी सौखिनका लागि यसले ग्रुप सेल्फी सट्सलाई सजिलो बनाइदिन्छ ।  

यदि रातमा फोटो लिने इच्छा छ भने लो लाइट नाइट मोड भएका ठूला सेन्सर क्यामेरा भएका फोनहरु लिनुहोस् । तर यस्ता फोनहरु केही महंगो हुने गर्छन् । 

दिनको समयमा फोटो खिच्न चाहनेहरूका लागि मिडरेन्ज देखि फ्ल्यागसिप जुनसुकै फोनमा पनि सुहाउने किसिमका क्यामेरा पाउन सकिन्छ । 

३. तपाईको फोनलाई कतिको शक्ति आवश्यक पर्छ 

फोन किनेको केही वर्षमा तपाईको फोन यति सुस्त हुन्छ कि यसको पर्फमेन्सबाट दिक्क हुन थाल्नुहुन्छ । तर प्रोसेसर प्रविधिका कारण आज मानिसहरुले आफ्नो फोनको पावरलाई बचाइरहन सकेका छन् । 

हार्डकोर मोबाइल गेम खेल्नुहुन्छ, पछिल्ला ठूला ठूला फिचरहरु प्रयोग गर्नुहुन्छ भने क्वालकम स्नापड्रागन ८६५ प्रोसेसर भएका फोनहरु तपाईंको लागि एकदमै राम्रो हुन्छ ।

स्नापड्रागन ७६५ जस्ता मिड रेन्ज प्रोसेसरमा यदि ८ जीबी र्‍याम छ भने बिना अवरोध तपाईंले एप, मिडिया र धेरै कामहरु आफ्नो फोनमार्फत सम्पन्न गर्नसक्नुहुन्छ । 

४. फोन कत्तिको धेरै प्रयोग गर्नुहुन्छ ?

फोन खरिद गरिरहँदा तपाईंले अत्यन्तै ध्यान पुर्‍याउनु पर्ने कुरा भनेको फोनको ब्याट्री लाइफ पनि हो । किनभने यसले तपाईंको फोनको आयुलाई नै असर गर्दछ । 

आज मेरो फोनको ब्याट्री दिनभरी टिक्छ कि टिक्दैन भन्ने समस्या सबैलाई हुन्छ । तपाईं फोनमा टिकटक हेर्नुहुन्छ, फेसबुकमा न्युज फिड स्क्राेल गर्नुहुन्छ र ठूला साइजका गेमहरु खेल्नुहुन्छ भने तपाईले नयाँ स्मार्टफोन लिँदै गर्दा ब्याट्रीलाई ध्यान दिनुपर्छ । 

ब्याट्रीलाई मात्र होइन त्यसको किट चार्जरको क्षमतामा हेर्न नभोल्नुहोस् । 

वान प्लस एट प्रो फोनमा ३० मिनेटमै ५० प्रतिशत चार्ज हुन सक्ने क्षमता छ । यसमा ३० टी चार्जर छ भने ४५१० एमएएचको ब्याट्री छ । सामसङ र साओमीले पनि फास्ट चार्जिङ भर्सनहरु प्रदान गरिरहेका छन् । 

५. स्क्रिन टाइम 

फोनमा हुने विभिन्न फिचरले फरक मानिसहरुका लागि फरक महत्व बोकेका हुन्छन् । स्क्रिन डिस्प्ले पनि एउटा यस्तै फिचर हो । फोन खरिद गर्दा यसमा कुन किसिमको डिस्प्ले छ र यसको रेज्युलेसन कस्तो छ, ती कुराहरु ध्यान दिनुहोस् । 

एमोलेड डिस्प्लेले सधै उत्कृष्ट अनुभव दिन्छन् । यसमा कालो रंग एकदमै ओरिजिनल हुन्छ भने कन्ट्रास्ट एकदमै राम्रो र कलरहरु पन्ची हुन्छन् । अहिले बजारमा १२० हर्जसम्म रिफ्रेस रेट भएका स्क्रिन सहितका स्मार्टफोनहरु पाइन्छन् । 

यदि तपाईं फोनमा भिडियो फिल्महरु हेर्न वा खिच्न रुचाउनुहुन्छ भने फोर के स्क्रिन रेज्युलेसन भएका फोनहरु चयन गर्नुहोस् । यसमा सोनी एक्सपेरिया वान टु पनि एउटा अप्सन हो । १०८० पिक्सल वा फूल एचडी स्क्रिन फोनहरुलाई अधिकांश मानिसहरुले रुचाउँछन् । 

तपाईं फोल्डेबल स्क्रिन भएका फोनहरु प्रयोग गर्न चाहनुहुन्छ भने सामसङ जेड फोल्ड टु र मोटोरोला राजर पनि राम्रा अप्सन हुन् । 

६. हेडफोन ज्याक

आजभोलीका अधिकांश नयाँ फोनहरुमा हेडफोन ज्याक हुँदैनन् । यो केही विवादित विषय पनि हो । 

ज्याक पोर्ट सहितको फोनका आफ्नै सुविधाहरु थिए । तपाईंले जुनसुकै समय जता पनि अडियो ज्याक लगाएर भिडियो वा अडियो सुन्न सक्नुहुन्थ्यो । साथै तपाईको पोर्टमा जुनसुकै ज्याक पनि प्रयोग गर्न सकिन्थ्यो । 

तर ब्लटूथ हेड फोनमा केही समस्या छन् । कहिलेकाहिँ कनेक्सन समस्यका कारण अडियो ल्याग हुने गर्दछ । यसका लागि प्रयोग गर्ने हेडफोनलाई चार्ज गर्नुपर्ने हुन्छ । जब कि ज्याक भएको हेडफोनमा यो गरिरहनु पर्दैन । 

यदि तपाईं हेडफोन ज्याकमै जाने हो भने गूगल पिक्सल फोर ए, एलजी भी ६०, सामसङ एस १० प्लस बजारमा उपलब्ध छन् । 

७. फाइभजी स्पिड 

अहिले विश्वका धेरै अपरेटरहरुले फाइभजी सर्भिस विस्तार गर्न थालिसकेका छन् । यति तपाईं फाइभजी विस्तारित भएकाे देशमा हुनुहुन्छ फाइभजी लाई सपोर्ट गर्ने फोन तपाईंको लागि राम्रो हुन्छ ।

तर यदि फाइभजी आइसकेको छैन वा लामो समय आउने सम्भावना छैन भने फाइभजी नेटवर्क सपोर्ट गर्ने फोन तपाईको लागि प्रयोगविहिन बन्न सक्छ । 

प्रतिक्रिया दिनुहोस