दाङमा ८१ प्रतिशत संक्रमित कोरोनामुक्त

खबरशाला संवाददाता  |  असोज ०५, २०७७


घोराही । दाङमा ८१ प्रतिशत संक्रमित कोरोना भाइरस मुक्त भएका छन् । अहिले सम्म दाङमा संक्रमित भएका एक हजार २७ जना मध्य ८१ प्रतिशत अर्थात ८ सय ३० जना व्यक्ति कोरोनामुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले एक सय ९५ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा छन् ।

ति मध्य एक सय २० जना घरमै छुट्टै कोठामा बसेका छन् भने अन्य ७५ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । दाङमा अहिले ६० जना क्वारेन्टाईनमा बसेका छन् ।

आज दाङका ३ जनामा संक्रमण

आज दाङका ३ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा परिक्षणका क्रममा तुलसीपुरका ३ जनामा संक्रमण देखिएको छ ।

आज संक्रमण देखिनेमा तुलसीपुर ७ का ३४, ८ का २९ र वडा नम्वर ९ का २५ वर्षिय पुरुषमा संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वाव संकलन गरेर परिक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।।

प्रतिक्रिया दिनुहोस