महेन्द्र स्कुलको चिरोबाट जुवाडे पक्राउ

खवरशाला संवाददाता  |  असोज ०४, २०७७


तुलसीपुर । जुवा खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ महेन्द्र स्कुलको पछाडी चिरो बगरमा जुवाडेहरु पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डमर पालको टोलिले दिउँसो २ बजे जुवा खेलिरहेको अवस्थामा नगद २० हजार ५छ सहित पक्राउ गरेको हो । प्रहरीले जुवा भइरहेको ठाउँबाट रातो रंगको १ गड्डी र कालो रंगको २ गड्डी तास समेत फेला पारेको थियो ।


जुवा खेलिरहेको अवस्थामा वडा नम्वर १६ वस्ने ३५ वर्षका छविलाल बस्नेत, वडा नम्वर ६ का वर्ष ३० का मधुसुदन रेग्मी सोही ठाउँका वर्ष २९ का भुवन खड्का र वर्ष ५० का देविसिंह महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस