सेल्टरमा खान र बस्नलाई माहुरी होमको सहयोग

खबरशाला संवाददाता  |  असोज ०४, २०७७



तुलसीपुर । अल्पकालिन महिला तथा बालबालिका सुरक्षा केन्द्र (सेफ हाउस) गोलौरी दाङका लागि सामग्री हस्तान्तरण गरिएको छ । डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा समग्र लैङिगक उत्तरदायी र जवाफदेहि न्यायमा पहुँच सुद्धिढीकरण (सहज) परियोजनाद्धारा मधेस मानवअधिकार गृह (माहुरी होम) ले २७ हजार १ सय २० मुल्य बराबरको लो–बेड ३ थान,१७ सय ५० रुपैया मूल्यको प्रेसकुकुर १ थान,२१ सय ६० रुपैयाको प्लेट स्टील १२ थान,२६ सय ४० रुपैयाको प्लेट फाईवरको १२ थान,१६ सय ८० मुल्यको १२ थान ठुलो ग्लाय,४ सय ८० मूल्यको ठुलो चम्चा१२ थानलगायत९१ हजार ३ सय ३२ रुपैया मूल्यको ३२ प्रकारका बिभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।


उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश रमेश पोख्रेललाई माहुरी होम कपिलबस्तुका अध्यक्ष रबीन्द्र ठाकुरले ती सामाग्री हस्तान्तरण गरेका हुन् । मुख्यन्यायाधीश पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई हस्तान्तरण गरेका हुन् ।


मधेस मानवअधिकार गृह (माहुरीहोम)द्धारा सञ्चालित सहज परियोजनाबाट प्राप्त सामग्रीहरु उपमेयर आचार्यले सृजना महिला वचत तथा ऋण सहकारी संस्था तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० गोलौरीले सञ्चालन गरेको हिंसा प्रभाबित महिला तथा बालबालिकाहरुका लागि उपमेयर अल्पकालिन महिला सुरक्षा सेवा केन्द्रकाअध्यक्ष डिला केसीलाई हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस