दाङमा दुई महिनामा १७ अभियुक्त पक्राउ

खबरशाला संवाददाता  |  असोज ०३, २०७७


घोराही । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधमा गरी फरार भएका १७ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक बर्षको २ महिनामा प्रहरीले विभिन्न मुद्धाको अभियोग लागेका १७ जनालाई पक्राउ गरि कानुनी प्रकृया अनुसार कार्वाही थालेको हो ।

२०६८ साल देखी पछि विभिन्न समयमा अपराध गरी फरार भएका १४ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्धाका सन्तुराम चौधरी, पुण्यप्रसाद चौधरी, विनोद विक, नरेश बुढाथोकी र सुरेश नेपाली रहेका छन् ।

त्यस्तै जवरजस्ती करणि मुद्धामा शरद शिलवाल, सन्दीप चौधरी र अनिल घर्ती, सार्वजनिक शान्ति विरुद्धको कसुरमा किशोर विक र कृष्ण विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, लेनदेन मुद्धामा गिता डाँगी, पूर्णबहादुर भण्डारी, मनिषा पाण्डे धिताल, चेक अनादरमा धनमाया बुढा, चोरीमा विक्रम नेपाली, हरिबहादुर नेपाली र मोटरसाईकल चोरीमा कृष्ण घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई मुद्धा अनुसार अनुसन्धान प्रकृया अघि बढाईएको डिएसपी खड्काले जानकारी दिएका छन् ।।

प्रतिक्रिया दिनुहोस