दाङमा संक्रमित संख्या १ हजार ११ पुग्याे

खबरशाला संवाददाता  |  असोज ०३, २०७७


घोराही । आज संक्रमित हुनेमा १० पुरुष र ७ महिला रहेका स्वास्थ्य कार्यालय दाङले जनाएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा शान्तिनगर गाउपालिका ४६ जनाको स्वाव परिक्षण गर्दा ४ जना कर्मचरी सहित भारतबाट फर्किएका ११ जनामा संक्रमण देखिएको हो ।

भारतबाट फर्किएका ११ जनामध्ये ४ देखि १२ वर्ष उमेरका ५ जना बालबाबालिका समेत रहेका छन् । गाउपालिकामा शिक्षा शाखामा कार्यरत एक जना कर्मचारी, ईन्जिनियर, सुब्बा र एक जना कार्यालय सहयोगी गरी ४ जना कर्मचारीमा संक्रमण देखिएको गाउपालिकालले जनाएको छ ।

संक्रमित कर्मचरीहरु वडा नम्वर १ का ५३ वर्षिय पुरुष, २ का ३५ वर्षिय पुरुष, ६ का ३२ बर्षिय पुरुष र स्याङ्जा स्थाई ठेगाना भएकी एक जना महिला कर्मचारी रहेका छन् ।

यस्तै भारतबाट फर्किएकाहरुमा ३ बालक र २ बालिकामा संक्रमण देखिएको छ । उनिहरु क्रमशः वडा नम्वर २ का ४, १० र ११ वर्ष उमेरका छन् भने ३ का ९ र १२ वर्ष उमेरका ५ बालबालिका रहेका छन् ।

यस्तै वडा नम्वरका २ का २४,३५,३६ र ५३ वर्ष उमेरका ४ जना र वडा नम्वर ३ का २३ वर्ष उमेरका एक र ४ का ३१ वर्षका एक जनामा संक्रमण देखिएको गाउपालिकाले जनाएको छ ।

यस्तै बाँकेको नेपालगन्ज स्थित भरी अस्पतालमा गरिएको परिक्षणमा कामको शिलशिलामा दाङ बाहिर रहेका दाङका दुई जनामा संक्रमण देखिएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का २० वर्षका पुरुष र वडा नम्बर ६ की २६ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यो संगै दाङमा कोरोना संक्रमितको कुल संख्या १ हजार ११ पुगेको छ ।।

प्रतिक्रिया दिनुहोस