दाङमा तीन अर्ब बढी राजश्व संकलन

खबरशाला संवाददाता  |  असोज ०१, २०७७


घोराही । कोरोना कहरका बीचमा पनि दाङमा संघ तथा प्रदेश सरकार मातहतका कार्यालयले तीन अर्ब बढी राजस्व संकलन गरेका छन । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार बितेको आर्थिक वर्षमा संघ तथा प्रदेश अन्तर्गतका कार्यालयहरूले तीन अर्ब १५ करोड ९५ लाख १५ हजार दुई सय ७१ राजस्व संकलन गरेका हुन ।

कोरानाको महामारीका बीचमा पनि जिल्लामा संघअन्तर्गत रहेका विभिन्न कार्यालयले दुई अर्ब ५३ करोड ७८ लाख ३८ हजार ८ सय ७७ रूपैयाँ ८० पैसा संकलन गरेका छन । जिल्लामा संघअन्तर्गत रहेका कार्यालय मध्यमा सबैभन्दा धेरै दुई अर्ब दश करोड २९ लाख १६ हजार छ सय ८७ राजस्व संकलन गर्न सफल भएको छ ।

सबैभन्दा कम उच्च सरकारी वकिलको कार्यालयले चार सय रूपैयाँ संकलन गरेको छ । जिल्लामा सडक डिभिजन कार्यालयले एक करोड ५५ लाख ५९ हजार बढी राजस्व संकलन गरेको छ ।

त्यसैगरी प्रदेश नम्बर ५ प्रहरी कार्यालयले १३ हजार, सामाजिक विकास कार्यालयले १८ हजार चार सय, सहरी विकास तथा भवन कार्यालयले छलाख ९१ हजार दुई सय राजस्व संकलन गरेको छ ।।

प्रतिक्रिया दिनुहोस