घोराही उपमहानगरको कार्यालय असोज ४ सम्म बन्द

खबरशाला संवाददाता  |  भदौ ३१, २०७७


घोराही । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि घोराही उपमहानगरको कार्यालय असोज ४ गते सम्म बन्द भएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले सूचना जारी गर्दै आज देखी असोज ४ गते सम्म कार्यालयबाट प्रबाह गरिने सेवाहरु बन्द गरिएको उल्लेख गरेका हुन् ।

तर स्वास्थ्य शाखा, सरसफाई सेवा र विपद व्यवस्थापन शाखाको काम भने जारी रहने भएका छन् । चिकित्सक, इन्जिनियर, अधिकृत र कार्यालय सहयोगी गरी ६ जनामा हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बन्दका बिचमा संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने उपमहानगरले तयारी गरेको छ । उपमहानगरले वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुको सेवा भने नरोकिएको जनाएको छ ।

संक्रमण पुष्टि भएका कर्मचारीहरुमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको उपमहानगरले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस