सिटिईभिटीमा भर्ना आवेदन खुल्यो

खबरशाला संवाददाता  |  भदौ २६, २०७७

तुलसीपुर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिकसत्र २०७७/७८ डिप्लोमा तथा प्रमाणपत्र तहको भर्ना खुलाएको छ । एसईई उत्तीर्ण भई सीटीईभीटी अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरु पढ्न चाहाने विद्यार्थीले असोज १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सीटीईभीटीले अध्ययन गर्न इच्छुक विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको कार्यक्रम र शिक्षण संस्थाहरुमा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्दै सम्बन्धित शिक्षण संस्थामा उपलब्ध गराएको विद्युतीय माध्यमबाट असोज १५ गते कार्यालय समयाभित्र आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस